• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पौडेल तनहुँ जानुहुँदै

blog

काठमाडौं, चैत १७ गते । राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुलको उद्घाटनका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले दिउसो १२ः३० बजे सो पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

२१ करोड ६८ लाख ४८ हजारको लागतमा निर्माण भएको सो पुल तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन भने भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटन गर्न बाँकी भएपनि पुल सञ्चालन केही समययता सञ्चालनमा आएको बताउनुभयो। 

त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षभित्र ९२०७४ कात्तिक १९० मा पुलको निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पछिल्लो  पटक म्याद थपेर २०७९ को चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने आलटाल गरेपनि सो पुल निर्माणका बारेमा राष्ट्रपति पौडेलले चासो राख्दै आउनुभएको थियो ।