• १६ वैशाख २०८१, आइतबार

अधिवक्तालाई अभिमुखीकरण

blog

काठमाडौँ, चैत १३ गते । नेपाल कानुन व्यवसायी परिषद्को ३१ औँ तहको अधिवक्ता परीक्षाबाट उत्तीर्ण भएका अधिवक्तालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

प्रजातन्त्रवादी कानुन व्यवसायीको साझा संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा अधिवक्तालाई पेसागत क्षमता अभिवृद्धि, बहसकला र मस्यौदा लेखन सीप लगायतका विषयमा अभिमुखीकरण दिइएको हो। 

उहाँलाई नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युदुनाथ खनाल, डा. विजय प्रसाद मिश्र लगायतले प्रशिक्षण दिनुभएको थियो। 

कार्यक्रममा डिएलएका अध्यक्ष सिताराम केसीले अधिवक्ताको क्षमता देखाउने मुख्य तरिका बहसकला तथा मस्यौदा लेखन रहेको बताउनुभयो।