शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, चैत्र ११ गते । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व आज काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ्ग, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।
वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक पनि रङ्गै–रङ्गको पर्व होलीको उमङ्गमा रमेका छन् । काठमाडौँको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्रै नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रङ्ग, अबिर लगाएर नाच गान गरेर होली मनाइरहेका छन् ।


















 
                                                                             
                                                                             
                                                                     
                                        
                                                    केशब गुरुङ
                                                
                                            
                                                                                            केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                