• १५ वैशाख २०८१, शनिबार

एमाले सचिवालय बैठक सुरु

blog

काठमाडौं, चैत ११ गते । नेकपा (एमाले) का नेताहरूले होली मनाएका छन् । नेताहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ्ग दलेर खुसी साटासाट गरेका हुन् ।

पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल लगायतका पार्टी पदाधिकारीहरूले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।

सँगै पार्टीको सचिवालय बैठक पनि सुरु भएको छ । बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।