• १५ वैशाख २०८१, शनिबार

रुपेशलाई बुद्धिचाल उपाधि

blog

उपाधि विजेतालाई पुरस्कार प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत १० गते । महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा संचालन भएको प्रथम वडा अध्यक्ष कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेस जैसवालले जित्नुभएको छ । 

ललितपुर महानगरपालिका वडा नम्वर ११ बाट प्रतिनिधित्च गर्नुभएका रुपेसले नवौँ चरणको खेलमा पुर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग बराबरी खेलि सात खेलमा जीत र एक खेलमा बराबरी गर्दै सात अङ्क बनाउनुभयो । 

आठौँ चरणको खेलमा कमल श्रेष्ठलालाई पराजित गरेका रुपेश पाँचौँ चरणको खेलमा शुसुरत दाहलसँग पराजित भएपनि खेलमा फर्किनुभएको थियो । उपाधिसँगै उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । बद्रीलाल नेपाली दोस्रो र  थापाथली चेस पार्क क्लबका सुशील चौधरी तेस्रो स्थानमा रहनुभयो । बद्रीले १५ हजार र सुशीलले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

झापाका बिजेश राजकर्णिकार चौथो स्थानमा र श्रुरत दाहाल पाँचौँ स्थानमा रहनुभयो । ३७ जना खेलाडीलाई नगद पुरस्कार व्यवस्था गरिएको प्रतियोगितामा सजिन महर्जन र संजय महर्जन ललितपुरको विजेता र उपविजेता हुनुभयो ।

यस्तै महालक्ष्मी नगरपालिकातर्फ कमल श्रेष्ठ र अशोकमोहन श्रेष्ठ पहिलो र दोस्रो स्थानमा  भेट्रानमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकार उत्कृष्ट ठहरिनुभयो । जगन्नाथ ताम्रकार दोस्रो हुनुभयो । 

महिलातर्फ श्रीलंकाका सचिने रणासिंगे पहिलो, सिन्दिरा जोशी दोस्रो र पुनम प्रसाईं तेस्रो हुनुभयो । अनरेटेडमा शैलेश श्रेष्ठ र यु–१२ मा अग्रता आचार्य पहिलो हुनुभयो । दुई दिने प्रतियोगितामा एक सय १६ खेलाडीको सहभागिता रहेको थियो ।

विजेतालाई महालक्ष्मी महानगरपालिकाको नगरप्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, नेपाल बुद्धिचाल महासङ्घका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जन, महालक्ष्मी नगरपालिका वडा ९ का अध्यक्ष जयकृष्ण बोगटीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।