• १५ वैशाख २०८१, शनिबार

वसन्तपुरमा होलीको उमङ्ग (फोटो फिचर)

blog

काठमाडौंको वसन्तपुरमा होली । तस्बिर: सागर बस्नेत

काठमाडौं, चैत ११ गते । रङ्गहरूको पर्व होली आइतबार काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ ।

काठमाडौँको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ ।


यही चैत ४ गते वसन्तपुरमा चीर ठड्याइएको थियो । वसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रूपमा सुरु भएको मानिन्छ ।