• १५ वैशाख २०८१, शनिबार

खेल क्षेत्रको विकासका लागि सोमबारबाट एक्सन लिन्छु

blog

युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ ।

काठमाडौं – युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्ति निष्पक्ष हुने बताउनुभएको छ। 

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रबाट खेलाडी विदेश पलायन नहुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो। उहाँले खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका लागि हुने बताउनुभयो। 

मन्त्री श्रेष्ठले स्काउटको जग्गा हडपेर बसेको कुरा स्पष्ट भएको भन्दै अब जग्गा फिर्ता लिने बताउनुभयो। उहाँले पहिला सुतेको मान्छेले सपना देख्ने भन्दै उहाँले अहिले आफूहरुले सपना देखेर सुत्न नसकेको बताउनुभयो। उहाँले रास्वापले २०८४ सम्म सुत्न छोडेर भए पनि देश विकासका लागि काम गर्नुपर्ने बताउनुभयो। मन्त्री श्रेष्ठले आगामी सोमबारबाट खेल क्षेत्रको विकासका लागि एक्सनमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले खेलकुद मन्त्रालयको स्थिति नाजुक रहेको र आफूले अबका दिनमा माथि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।