भैरवको मूर्ति अनावरण
धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदै गएको हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरसँगै छ फिट अग्लो भैरवको मूर्ति अनावरण गरिएको छ ।
मेटल उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु
ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । घटना बिहान ६ बजेतिर भएको थियो ।
एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिनुभयो ।
संस्थानका कर्मचारीलाई दक्ष बनाउन प्रशिक्षण
गोरखापत्र संस्थानका कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसाथ सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ ।
लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द
नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ ।
रोकियो दुई नमुना बस्ती निर्माण
भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत काभ्रेपलाञ्चोकको दुई स्थानमा निर्माणाधीन ‘एकीकृत नमुना बस्ती’ निर्माणको काम रोकिएको छ । मण्डनदेउपुर नगरपालिका–१०, चण्डेनी तीनधाराको बस्ती निर्माणको काम सम्पन्न हुन सकेको छैन भने चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेमा निर्माण हुने भनेको नमुना बस्तीको काम नै अन्योलमा परेको छ ।
‘तीन वर्षभित्रमा सबै घरमा धारा पु-याउँछौँ’
रामेछाप नगरपालिका रामेछापको पुरानो सदरमुकाम हो । नौ वटा वडा रहेको यो नगरपालिका रामेछापको दक्षिण पूर्वमा अवस्थित छ । रामेछाप नगरपालिकामा भएका विकास निर्माणका काम र नगरको आर्थिक तथा सामाजिक विकासको अवस्थालगायतका विषयमा नेपाली कांग्रेसबाट निर्वाचित नगरपालिका प्रमुख लवश्री न्यौपानेसँग रामेछाप समाचारदाता नवराज श्रेष्ठले गर्नुभएको कुराकानी ।
काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
चीनमा नेपाली कन्टेनर प्रवेश
नेपाली कन्टेनरले सामान आयातका लागि चिनियाँ क्षेत्र प्रवेश पाउन थालेका छन् । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि पहिलो पटक सामान आयातका लागि नेपाली कन्टेनर चीनको स्वशासित क्षेत्र खासा बजारको रमितेमुनिसम्म जान पाएका हुन् ।
बढ्यो आन्तरिक कर्जा
चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल आन्तरिक कर्जा चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो दाबी २१.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.७ प्रतिशतले बढेको छ ।
बानेश्वर क्याम्पसको ३३ औँ स्थापना दिवस सम्पन्न
राजधानीमा रहेको बानेश्वर बहुमुखी क्याम्पसले आज ३३ औँ स्थापना दिवस मनायो । यस क्रममा सहभागीले नेपालमा उच्च शिक्षाको गुणस्तर अझै प्रभावकारी बन्न नसकेको गुनासो गर्नुभयो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले राज्यले २०१३ सालदेखि विभिन्न योजना ल्याए पनि आङ्गिक क्याम्पसको भविष्य सन्तोषजनक नरहेको भन्दै पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने, सामुदायिक क्याम्पसमा आर्थिक लगानीमा वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिबोल भट्टराईले क्याम्पसको उन्नतिका लागि प्राध्यापक, विद्यार्थी तथा अभिभावकसमेत सक्रिय भूमिकामा रहेर समयसापेक्षको शिक्षा दिनुपर्ने बताउनुभयो ।
नेपाली पूँजी पलायन हुन दिँदैनौँ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
तीन दिन मौसममा बदली, मधेसमा हावाहुरी चल्ने
आगामी तीन दिन देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर मेघ गर्जन, चट्याङ्सहित आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।
नागरिक बन्धक बनाउने चार विदेशी पक्राउ
प्रहरीले श्रीलंकन नागरिकलाई युरोपियन मुलुक पठाउने भनी बन्धक बनाउने चार जनालाई पक्राउ गरेको छ ।
१३ जना प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका आठ जना र प्राविधिकतर्फका पाँच जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
माइती नेपालको पैदल यात्रा
मानव बेचबिखनविरुद्धको लडाइँमा समर्पित संस्था माइती नेपालले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा पैदल यात्रा कार्यक्रम गरेको छ । ‘न्यायका लागि यात्राः मानव बेचबिखनको अन्त्य’ नाराका साथ आयोजना गरिएको कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मुलुकभित्रै हुने आन्तरिक मानव बेचबिखनलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’
मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिनुभएको छ ।
जसपानिकट महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला विभागले अन्तर्राष्ट्रिय महिला सङ्घ, सङ्गठनसँग सम्बन्ध विस्तार गर्ने भएको छ ।
अभिलेखमा क्षति पुर्याए तीन वर्ष कैद र एक लाखसम्म जरिवाना
अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पुर्याए तीन वर्ष कैद र एक लाख रुपियाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ ।
देख्न पाउँदा हर्षित छन् वृद्धवृद्धा
स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई लक्षित गरी मोतिबिन्दुको शल्यक्रिया गराइदिएपछि आँखा देख्न पाउँदा निकै खुसी छन् स्थानीय ८३ वर्षीय दत्ते थामी । थामीले धेरै वर्षदेखि बन्द रहेका आँखा खुलेर रङ्गीन संसार देख्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।
निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस
भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ ।
अभिलेख संरक्षण विधेयकमाथि दफाबार छलफल सुरु
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल सुरु भएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त विधेयकसम्बन्धी मस्यौदाको प्रस्तावनादेखि मूल ऐनका दफाहरुमा सांसदहरुले छलफल सुरु गर्नुभएको हो ।
ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको गुनासो
ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।