हुम्लामा हिमपात (फोटो फिचर)
हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।
पर्यटन प्रवर्धन गर्न पदमार्ग
कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण गर्न लागेको छ ।
गाउँ गाउँमा पुग्यो सडक, हुँदै छ बजार विस्तार
जिल्लाका ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् ।
जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार
जिल्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ ।
अग्निपीडित परिवारलाई सहयोग
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ जुबिथामा भएको आगलागी पीडितलाई सहयोग गरिएको छ ।
प्रदेशको भूउपयोग ऐनको मसौदा तयार
कर्णाली प्रदेश सरकारले जमिनको व्यवस्थित उपयोग गर्न भूउपयोग ऐनको मसौदा तयार पारेको छ ।
त्रिपालमुनिको बास चिसोसँगै बढ्यो चिन्ता
भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति लिन नसक्दा भूकम्पपीडितको बिचल्ली हुन थालेको छ ।
‘योजनाको रकम बाँडिखाने दिन गए’
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले झ्यालबाट योजना निर्माण गरेर बजेट बाँडिखाने प्रवृत्ति अब नदेखिने बताउनुभएको छ ।
कर्णालीमा ३३ आयोजना अलपत्र : ‘निर्माण व्यवसायीलाई अन्तिम मौका !’
लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो ।
१०औँ राष्ट्रिय खेलकुद चैतमा
१०औँ बृहत राष्ट्रिय खेलकुद–२०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।
कर्णालीमा ‘प्रदेश सुरक्षा सम्मेलन’ हुँदै
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही मङ्सिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पिलीको आकर्षण बढ्दै
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
करको टोली आउँदा बजार बन्द
आन्तरिक राजस्व कार्यालय दाङको एक टोली रुकुमपश्चिम आइपुगेको छ । कर कार्यालयको टोली आउँदा यहाँका केही व्यापारीहरुले पसल बन्द गरेका छन् ।
महिला सशक्तीकरण कार्यक्रम सुरु
कर्णाली प्रदेशमा महिला घरमूलीको सङ्ख्या अरू प्रदेशभन्दा कम पाइएको छ ।
आँखाको शल्यक्रियापछि वृद्धवृद्धा खुसी
रुकुमपश्चिमको चौरजहारीमा ११० जना आँखाका बिरामीको मोतीविन्दुको शल्यक्रिया गरिएको छ ।
पर्यटन सूचना केन्द्रमा कर्मचारी आवास
पर्यटकलाई सूचना प्रवाह गर्नका लागि स्थापना गरिएको मुगुको हुटुमा स्थापित पर्यटक सूचना केन्द्रलाई रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीले आवासका लागि प्रयोग गर्दै आएका छन् ।
सदाबहार हरियो रहने रैस रुख
जंगलमा देखिने प्रायः सबै रुखका पात झर्छन् तर रैस यस्तो रुख हो जुन बाह्रै महिना हरियो रहन्छ । बसन्त ऋतुमा बिरुवामा पात पलाउने र शिशिर ऋतुमा पात झरेको सबैले देखेका छन् । जुम्लाको तातोपानी गाउँपालिका –३ को गोठीमा संयौ बर्षदेखि रैस (ठिन्के) रुख सदैव हरियो रहने स्थानीयको भनाइ छ ।
भेडापालन गरी घरव्यवहार धान्दै भाम
छायाँनाथ रारा नगरपालिका वडा –६ कोटिला गाउँका १६ वर्षीय पाउडर भामका र उहाँका ११ वर्षीय भाइ लालबहादुर भामले गाउँको घरमा ६० भेडा पाल्दै आउनुभएको छ ।
कांग्रेसले गुमायो माओवादीको पुनरागमन
स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा तीन ठुला दलबिच मुख्य प्रतिस्पर्धा हुँदा नेपाल मजदुर किसान पार्टीले पनि बाजी मार्न सफल भएको छ ।
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ ।
सहुलियतको नुनमा अनियमितता : स्थानीयलाई छैन, बोराका बोरा पुग्छ सुर्खेत
कर्णाली प्रदेशका गरिब तथा विपन्न घरपरिवारका लागि सहुलियतमा ढुवानी हुँदै आएको नुन सुगमको ठाउँ सुर्खेतमा खपत हुने गरेको छ ।
जाजरकोटमा जिप दुर्घटना : मृत्यु हुने दुईजनाको पहिचान खुल्यो
जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । र्सिह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो ।
लैङ्गिक हिंसासम्बन्धी नीति तत्काल आउछ : अध्यक्ष चौलागाई
देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । सरकारले महिला माथि हुने सबै खाले हिंसा विभेद, दुर्व्यवहार अन्त्यका लागि मङ्सिर १० देखि २५ गतेसम्म हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको अभियान चलाउँदै आएको छ ।
जाजरकोटमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
भेरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद शर्माले दुर्घटनामा दुई जनाको मृत्यु भएको र अर्को एक जना घाइते भएको जानकारी दिनुभएको हो।