उपनिर्वाचन : तिलागुफा–६ मा तयारी पूरा
कालीकोटको तिलागुफा नगरपालिकाको वडा नं ४ वडाध्यक्ष पदको यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । तिलागुफा –४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले बताउनुभयो ।
भारी बोकेका खच्चड
मुगुको छायाँनाथ रारा नगरपालिका–९ सल्लेरीमा सामान लिएर जाँदै गरेका खच्चडहरु । यहाँ यातायातको समस्या भएको हुँदा सामानको ढुवानीमा यसरी नै घोडा, खच्चड प्रयोग गरिन्छ ।
आहाराको खोजीमा परेवाको बथान
सुर्खेत, मङ्सिर १३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान । तस्बिरः रासस
स्थानीय तहसँग छैन पर्यटकको अभिलेख
काठमाडौँ र लुम्बिनीपछि धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्वपूर्ण मानिने दैलेखमा हजारौँ वर्ष पुराना सम्पदा रहेका छन् ।
उपमहानगर घोषणाको पर्खाइमा वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउने योजनाले अझै पूर्णता पाउन सकिरहेको छैन ।
जुम्ला साक्षर जिल्ला घोषणा
जुम्ला, मङ्सिर १३ गते । जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । आज सदरमुकाममा आयोजित एक समारोहबीच कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायले जुम्लालाई साक्षर घोषणा गर्नुभयो ।सामाजिक विकास कार्यालय, पेश नेपाल, किर्डाक नेपाल, क्याड नेपाल, सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला समन्वय समितिको आयोजनामा साक्षर जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ । सोही प्रावधान बमोजिम जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ९६ दशमलव ०७ प्रतिशत अर्थात ६९ हजार चार सय ७७ जनाभन्दा बढी नागरिक साक्षर रहेको सुनिश्चित भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जानकारी दिनुभयो । साक्षर घोषणाको मापदण्डनुसार १५ वर्षमाथि र ६० वर्षमुनिका नागरिकले आफ्नो नाम लेख्न सक्ने, १ देखि १० सम्म गन्न सक्ने, मोबाइल चलाउन सक्ने, फोन गर्न सक्ने, ट्राफिक नियम पालना गर्न सक्नेलगायत १२ वटा सूचकको ५० प्रतिशत पूरा गरेमा साक्षर पालिकादेखि जिल्ला घोषणा गर्न मिल्ने प्रावधान छन् । यसअघि जिल्लाका आठै स्थानीय तह साक्षर घोषणा गरिएको थियो । जसमा कनकासुन्दरी गाउँपालिकाका ९७ प्रतिशत, हिमा गाउँपालिका ९६ प्रतिशत, सिंजा गाउँपालिकाका ९६ दशमलव ५ प्रतिशत नागरिक साक्षर भएका छन् । चन्दननाथ नगरपालिकाका ९८ दशमलव ९१ प्रतिशत, पातारासी गाउँपालिकाका ९५ दशमलव २५ प्रतिशत, तातोपानी गाउँपालिकाका ९५ दशमलव ७७ प्रतिशत, गुठीचौर गाउँपालिकाका ९५ दशमलव ७३ प्रतिशत र तिला गाउँपालिकाका ९५ दशमलव ४ प्रतिशत नागरिक साक्षर भएको स्थानीय तहका शिक्षा शाखाले सार्वजनिक गरेकोे तथ्याङ्कमा उल्लेख छ ।
जुम्ला साक्षर जिल्ला घोषणा
कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो ।
डोल्पाको काइगाउँ बजार
डोल्पा, मङ्सिर १२ गते । डोल्पाको जगदुल्ला गाउँपालिका २ स्थित काइगाउँ बजारलगायत आसपासको क्षेत्र। यो पालिकामा जिल्लामै सबैभन्दा पहिलाे मोटर बाटो पुगेको थियो भने कर्णाली राजमार्गले पनि सिधै छोएको छ। तस्बिरः रासस
बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी
कर्णाली प्रदेशमा बाढीपहिरो, चट्याङलगायत बहुप्रकोपका विषयमा मङ्गलबार सरोकारवालाहरूको सहभागितामा वीरेन्द्रनगरमा गोष्ठी सम्पन्न भएको हो
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
डोल्पा, मङ्सिर १२ गते । डोल्पाको शे९फोक्सुण्डो गाउँपालिका ८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडी स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा। समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उदेश्यले गुम्बा स्थापना भएको इतिहास छ । पछिल्लो समय व्यवस्थित रुपमा गुम्बाको पुनर्निर्माण गरिएको छ। तस्बिरः रासस
उद्योग बन्द हुँदै गएकोमा चिन्ता
रुकुमपश्चिमका व्यवसायीले साना तथा मझौला खालका उद्योग बन्द हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सुरुङमार्ग निर्माणमा ढिलाइ
जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने भएको छ । दुरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम अघि नबढाउने निर्णयमा पुगिएको हो ।
उपनिर्वाचनमा केन्द्रीय नेताको घरदैलो
यही मङ्सिर १६ गते हुने महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका–१० को वडाध्यक्ष पदमा आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दलका केन्द्रीय नेताको यहाँ लर्को लागेको छ ।
बजार कुर्दै नरहरिनाथको घिउ
कालीकोट जिल्लाको नरहरिनाथ–७, मालकोटका ६० वर्षीय रत्नबहादुर बटालाको भैँसीपालन पुख्र्यौली पेसा हो । उहाँका अहिले सात वटा भैँसी छन् ।
सुर्खेत-जुम्ला सडकखण्ड
कालिकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडबाट देखिएको तिला नदी र किनारमा रहेको सुर्खेत–जुम्ला सडकखण्डको दृश्य ।
गाउँमा उत्पादन भएकाे घिउले बजार पाएन
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका घिउ उत्पादनका हिसाबले राम्रो क्षेत्र हो । यहाँका प्राय घरमा भैँसी पाल्ने चलन अहिले पनि कायमै छ ।
दिवा खाजामा अनियमितता
सरकारले आधारभूत विद्यालयमा अध्ययन गर्ने ससाना बालबालिकालाई नियमित विद्यालय ल्याउन सहयोग पु¥याउने उद्देश्यले दिँदै आएको दिवा खाजामा कालीकोटको रास्कोट नगरपालिकाले चलखेल गरेको कुरा बाहिर आएको छ ।
कर्णालीमा आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी
कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन् । इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा कर्णालीको आर्थिक वृद्धि र यसका सम्भावनाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
स्थानीयका लागि निःशुल्क स्वास्थ शिविर
जुम्लाको तिला गाउँपालिकाको सहकार्य र आईएनएफ नेपाल जुम्लाको आयोजनामा तिला गाउँपालिका –२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासी ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
कालीकोट जिल्लाका विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर)अन्तर्गतको कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
कोदो उत्पादन घट्दो, माग बढ्दो
कालीकोटको साथै साविकको कर्णालीका अन्य जिल्लामा राम्रो उत्पादन हुने कोदोले मूल्य पाउन थालेको छ । कोदोको प्रयोगले पाचन प्रणाली राम्रो हुनुका साथै शरीरमा रगतको मात्रा बढाउनेदेखि कोलोस्टरको मात्रा घटाउने र हृदयघातबाट जोगाउने हुनाले कोदोको माग बढेको छ ।
अस्पतालको स्तरोन्नति अन्योलमा
पश्चिम सुर्खेतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ ।
व्यक्तिगत लगानीमा लोपोन्मुख गिद्ध संरक्षण
प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षणमा कर्णाली प्रदेश सरकारले बल्ल योजना बनाउँदै छ
रोकिएन बालविवाह
कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।