कर्णाली सरकारले पायो पूर्णता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिनुभएको छ।मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिनुभएको हो।
कर्णाली कोरिडोर भएर पहिलो पटक सिमकोट पुग्यो जिप
सिमकोट गाउँपालिकाले पहिलो पटक कर्णाली कोरिडोर भएर बोलेरो जिप सिमकोटमा ल्याएको छ।
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएका उहाँले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थाल्नुभएको हो । उहाँले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गर्नुभएको थियो ।
एम्बुलेन्स र स्कुल बस हस्तान्तरण
चङ्खेली गाउँपालिकाले विद्यालय र स्वास्थ चौकीलाई बस र एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको ।
छारे भीरमा सडक निर्माण
जिल्लाका असजिलो चट्टानी भीर रहेको कर्णाली करिडोरअन्तर्गत पर्र्ने छारे भीरमा चट्टान फोडेर सडक निर्माण कार्य भएको छ । भीरमा होल खोप्ने, विस्फोट गर्ने, मेशिन लगाएर निर्माण गर्ने लगायतका काम सुरु भएपछि सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको हो ।
विदेश पलायनको क्रम रोक्न जरुरी छ
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका धार्मिक पर्यटनका हिसाबले राम्रो सम्भावना बोकेको गाउँपालिका हो । कर्णाली प्रदेशकै पर्यटकीय स्थल स्यार्पुताल, दुधिलचौर तीर्थधाम, पिपलको मेलगैरी, झारमारेलगायतका चर्चित पर्यटकीय स्थान यही गाउँपालिकामा छन् । दुई वर्षअघि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट जनककुमार बाँठामगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाले गरेका मुख्य काम, भइरहेका गतिविधि, चुनौती, सम्भावना र आगामी योजनाबारे गोरखापत्रका मुसीकोट समाचारदाता राजु लामिछानेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरिएको हो।
चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी सरकार अगाडि बढिरहेको बताउनुभएको छ ।
नक्कली परीक्षार्थी पक्राउ
कालीकोटमा आज फेरि एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्काको सट्टामा परीक्षा दिँदैगरेका २६ वर्षीय नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ
कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।
बजेट बनाउन बस्तीबाटै योजना छनोट
सुर्खेतका स्थानीय तहहरूले बस्तीस्तरबाट योजना छनोट प्रक्रिया सुरु गरेका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक बजेट बनाउन यहाँका स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी सबै स्थानीय तहले काम गरिरहेका छन् ।
कार्यालय बोहोरागाउँ सरेपछि भयो सास्ती
यहाँका सरकारी कार्यालय सदरमुकामबाट बोहोरागाउँमा सरेपछि जनताले सास्ती पाउन थालेका छन् । जनतासँग प्रत्यक्ष सम्बन्ध राखेका मालपोत, नापी, शिक्षा तथा समन्वय एकाइ कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सदरमुकाम छाडेर भेरी नगरपालिका–४, बोहोरागाउँबाट सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई समस्या भएको हो ।
पहाड उक्लिए लामखुट्टे बढ्दै रोगव्याध
पहिले तराई र गर्मी क्षेत्रमा मात्र हुने लामखुट्टे अहिले हिमाली जिल्लामा देखा पर्न थालेका छन् । लामखुट्टे पहाडमा सरेसँगै लामखुट्टेका कारण हुने रोग देखिन थालेका छन् । सन् २०२५ भित्र नेपाललाई औलोमुक्त गर्ने लक्ष्य लिए पनि कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, कालीकोटमा लामखुट्टेका कारण औलोका बिरामी फाट्टफुट्ट देखिएपछि यो लक्ष्यमा थप चुनौती देखिन थालेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा चार वटा वडा उच्च र नौ वटा वडा औलोको मध्यम जोखिममा रहेको जनाइएको छ ।
ठुला आयोजनालाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको आग्रह
कर्णाली प्रदेशका मुखयमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषदको नवौं बैठकमा प्रदेश सरकारका तर्फबाट सङ्घीय सरकारलाई ठुला आयोजना प्राथमिकतामा राखिदिन सुझाव पेश गर्नुभएको छ ।
सदरमुकाम मान्ममा जहिलै पानी अभाव
कालीकोटको सदरमुकाम मान्ममा पिउने पानीको अभाव टरेको छैन । जीर्ण खानेपानीको लाइन र गैरजिम्मेवार व्यवस्थापनका कारणले सदरमुकाम मान्मको खानेपानी समस्या जस्ताको तस्तै छ ।
पढ्न गएको छोरा दुई वर्षदेखि वेपत्ता, खड्का परिवारमा सन्नाटा
दुई वर्षदेखि रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ का चिताराम र बिरमा खड्काको आँखा ओभानो छैनन् । जिल्ला सदरमुकाममा रहेको खड्का दम्पत्तीको घर अझै सुनसान छ । उ
गिट्टीबाट आम्दानी
हिमाली जिल्ला हुम्लामा गिट्टी फुटाउने कार्य महिलाको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको छ । सिमेन्टको काममा गिट्टी आवश्यक पर्ने र त्यो काम महिलाले मात्र गर्ने भएका कारण पनि आम्दानीको स्रोत बन्दै गएको हो । सिमकोट गाउँपालिका–५ की मतिउ रोकायाले वर्षमा डेढदेखि दुई लाख रुपियाँ गिट्टी फुटाउने कामबाट आम्दानी गर्ने गरेको बताउनुभयो । पहिला सिमेन्टको काम कम हुने भएका कारण यसबाट खासै आम्दानी थिएन, हाल सिमेन्ट उत्पादनमा वृद्धि भएसँगै गिट्टी फुटाउने काम बढेकाले आम्दानी बढेको बताइन्छ ।
कर्णाली सरकार र मध्यपश्चिम विश्व विद्यालयबिच सम्झौता
कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबिच नीति निर्माण तथा अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका १२ खेतापाता भन्ने स्थानमा गिट्टी बोकेको रा १ त २९५९ नं को जिप दुर्घटनामा परी सोही वडाका ४२ वर्षीय खडक बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
सर्केगार्ड सडक सात वर्षपछि चौडा गर्न सुरु
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक चौडा गर्ने कार्य सुरु भएको छ । गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र निर्माण कम्पनीको समन्वयमा सडक मिचेर निर्माण गरिएका घर तथा टहरा धनीबिच समझदारी भएपछि सडक चौडा गर्ने कार्य सुरु भएको हो ।
चट्टान काटेर बनाइएको सडक
कर्णाली करिडोर अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेस्थित कडा चट्टान कटान काटेर बनाइएको एक तर्फी सवारीसाधन सञ्चालन सडक निर्माण । कच्ची सडक, धुलामय बाटोका कारण यात्रा गर्न निकै मुस्किल हुँदै आएको छ ।
भेरी कोरिडोरको बेलिब्रिज निर्माण तीन वर्षदेखि अलपत्र
निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि भेरी कोरिडोर अन्तर्गत जाजरकोटको तल्लुवगरको बेलिब्रिज निर्माण अलपत्र रहेको छ ।