मतपेटिका सुरक्षित ठाउँमा ओसार्दै
रुकुम पश्चिमको सानीभरी गाउँपालिका ५ मा भएको वडा अध्यक्ष पदको उपनिर्वाचनको मतपेटिका गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय लाखुरीबोटतर्फ लैजाँदै सुरक्षाकर्मी ।
वडा अध्यक्षमा नेमकिपाले खाता खोल्यो
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी व्जियी भयको छ । भरखर सकिएको मतगणनामा नेपाल मजदुर किसान पार्टीको तर्फवाट उम्मेदवार खड्कराज शाही विजयी हुनुभएको हो ।
रुकुम पश्चिमको सानीभेरीमा ५ मा मतगणना सुरु
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ।
रोल्पामा पुरिएका पाँच मजदुरको शव जिल्ला अस्पताल ल्याइयो
आइतबार बिहान रोल्पाको सुनछहरी गाउँपालिका-३ मा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा मृत्यु भएका पाँच जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पा ल्याइएको छ।
सानीभेरीमा करिब ८० प्रतिशत मत खस्यो
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –५ को वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा करिब ८० प्रतिशत खसेको छ ।
जाजरकोटमा नौ हजारभन्दा बढी मत खस्यो
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो २ बजेसम्म नलगाड नगरपालिकामा आठ हजार ६ सय ९६ र कुशे ७ को वडा अध्यक्षका लागि चार सय ७७ मत गरी जम्मा नौ हजार पाँच सय ७३ खसेको जानकारी गराएको छ । यो कुल मतदाता सङ्ख्याको ५५ प्रतिशत रहेको छ ।
रुकुमको सानीभेरीमा ७० प्रतिशत मत खस्यो
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भइरहेको उपनिर्वाचनमा ७०.७९ प्रतिशत मत खसेको छ ।
मालुवातरा मतदान केन्द्रमा ७ जना क्रियापुत्रीले गरे मतदान
नलगाड नगरापालिकाको ८ वडामा सात जना क्रियापुत्रीले मतदान गरेका छन् ।
कालीकोटको राँचुलिमा शान्तिपूर्ण मतदान
उपनिर्वाचन अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलिमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
जाजरकोटमा चार हजारभन्दा बढी मत खस्यो
उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे –७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे –७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो ।
सूर्योदय
सुर्खेत, मङ्सिर १६ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट आइतबार बिहान देखिएको सूर्योदयको मनमोहक दृश्य । तस्बिर ः रासस
लोपोन्मुख रेड पान्डाको संरक्षण
लोपोन्मुख अवस्थामा रहेको हाब्रे (रेड पान्डा) संरक्षण गर्न जुम्लामा विभिन्न कार्यक्रम सुरु गरिएको छ । जु
कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द
उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
एक सय साठी वर्ष पुरानो रुख
गाउँको बिचमा रहेको देवदारुको रुख सय वर्ष पहिलादेखि ठडिएको देखिन्छ ।
माटोको ढिस्कोले पुरिँदा चार जना घाइते
जाजरकोटमा सडक स्तरोन्नतिको व्रmममा माटोको ढिस्को खसेर चार जना पुरिएर गम्भीर घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग हुँदै जुनीचाँदे गाउँपालिका २ देसीपाटा सडक खण्डमा स्तरोन्नतिको काम गरिरहेका कामदार माटोको ढिस्को खसेर पुरिएका हुन् ।
एक सय ६० वर्ष पुरानो रूख
गाउँको बिचमा रहेको देवदारको रूख सय वर्ष पहिलादेखि ठडिएको देखिन्छ। जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय अगाडि उत्तरतर्फ क्षेत्रबहादुर कठायतको घरकै आडमा रूख एक सय ६० वर्षदेखि उस्तै छ।
कर्णालीमा ग्रहण गर्न योग्य दोस्रो पञ्चवर्षीय योजना निर्माणको तयारी
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सबैले ग्रहण गर्न योग्य दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्न लागेको बताउनुभएको छ ।
दोस्रो पञ्चवर्षीय योजनाको मसौदा
कर्णाली प्रदेश योजना आयोगले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा तयार पारेको छ ।
बसको ठक्करले युवकको मृत्यु
जाजरकोटमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज शुक्रबार बेलुका ७ बजेको समयमा भेरी नगरपालिका –१ रावतगाउँस्थित भेरी करिडोरमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सल्यानमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल
सल्यानमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे समुदाय स्तरमा छलफल थालिएको छ । सल्यान चिया र कफी खेतीका लागि उपयुक्त जिल्ला भए पनि चिया र कफीको व्यवासायीक खेती हुन सकेको छैन । किसानलाई व्यवसायिक चिया र कफी खेतीमा आवद्ध गर्न समुदाय स्तरमा छलफल थालिएको हो ।
सडक नाटकमार्फत सचेतना फैलाउँदै प्रहरी
यहाँ प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा हुने लागूऔषध दुर्व्यसनी, हिंसा, अपराध, बालबिवाह तथा अन्धविश्वास न्यूनीकरण गर्न जनचेतनामूलक सडक नाटक सञ्चालन गरेको हो । नाटकका माध्यामबाट लागूपदार्थ दुर्व्यसनीले परिवारमा ल्याउने विनाश, लैङ्गिक हिंसाबाट पीडितको जीवनमा पर्ने प्रभाव र सामाजिक कुरीतिहरूले समाजलाई पछाडि धकेल्ने यथार्थलाई उजागर गरिएको छ ।
दृष्टिविहीनलाई जीविकोपार्जनको पिरलो
‘गाई गईगे पहिरैको बाटो भैँसी जाओइन र कर्म लेख्ने भाविनीले लेख्न पाओइन’ यो गीतका टुक्काले वास्तविक गरिब, सहाराविहीन, दृष्टिविहीनसँग मेल खाएको छ ।
रोजगारी नहुँदा रित्तिँदै गाउँबस्ती
मुगुका चार वटै पालिकाका अधिकांश गाउँबस्ती खाली हुँदै गएका छन् ।
सबै पालिकामा सडक जोड्ने लक्ष्य
कर्णाली प्रदेश सरकारले सबै पालिकालाई सडक सञ्जालमा जोड्ने लक्ष्य राखेको छ ।