पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री अनुरोध
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ ।
सहुलियतको नुनमा अनियमितता : स्थानीयलाई छैन, बोराका बोरा पुग्छ सुर्खेत
कर्णाली प्रदेशका गरिब तथा विपन्न घरपरिवारका लागि सहुलियतमा ढुवानी हुँदै आएको नुन सुगमको ठाउँ सुर्खेतमा खपत हुने गरेको छ ।
जाजरकोटमा जिप दुर्घटना : मृत्यु हुने दुईजनाको पहिचान खुल्यो
जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । र्सिह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो ।
लैङ्गिक हिंसासम्बन्धी नीति तत्काल आउछ : अध्यक्ष चौलागाई
देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । सरकारले महिला माथि हुने सबै खाले हिंसा विभेद, दुर्व्यवहार अन्त्यका लागि मङ्सिर १० देखि २५ गतेसम्म हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको अभियान चलाउँदै आएको छ ।
जाजरकोटमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
भेरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद शर्माले दुर्घटनामा दुई जनाको मृत्यु भएको र अर्को एक जना घाइते भएको जानकारी दिनुभएको हो।
विपन्न विद्यार्थीलाई सहयोग, उपभोक्तालाई सचेतना
रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा रहेको एक सामुदायिक वन उपभोक्ता समुहले समुहका दुई उपभोक्तालाई आर्थिक सहयोग गरेको छ भने ४० विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
जुम्लाको पातारासीमा फोरजी सेवा
पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्वविहीन छन् ।
क्षतिग्रस्त संरचना बनाउन पचास करोड
कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण थालेको छ ।
विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति
कर्णाली प्रदेश सरकारले विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति गर्न लागेको छ ।
छ सय युवा स्वरोजगार
जाजरकोटको भेरी नगरपालिका–१ का स्थानीय बेरोजगार युवा स्थानीयस्तरमै स्वरोजगार भएका छन् ।
आफन्तलाई जागिर, करार कर्मचारीलाई भत्ता
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत नियुक्त गरिएका करार कर्मचारीलाई स्थानीय र महँगी भत्ताका नाममा दैलेखका स्थानीय सरकारले करोडौँ रुपियाँ खर्च गरेका छन् ।
जुम्लाको विकट क्षेत्रमा टेलिकमको सेवा
नेपाल टेलिकमले जुम्लाको अति विकट पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ ।
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमिल्सिना निर्वाचित
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ ।
‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैन’
खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनुभएको छ ।
विद्युत् सबस्टेसन निर्माण ढिला हुँदा सास्ती
कर्णालीका तीन जिल्ला मुगु, हुम्ला र जुम्लाको लागि कालिकोट जिल्लाको नाग्मस्थित विद्युत उत्पादनका लागि विद्युत सबस्टेसन निर्माण कार्यमा ढिलाइ हुँदा जिल्लाको विद्युत उत्पादनमा समस्या आउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
डोल्पा ५ को वडाध्यक्षमा माओवादी केन्द्रका झाँक्री निर्वाचित
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित हुनुभएको छ ।
राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द
राप्ती राजमार्ग दैनिक पाँच घण्टा बन्द गरिएको छ । सडक स्तरवृद्धिका समयमा नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि पाँच घण्टा बन्द गरेको हो ।
मनोविमर्शकर्ता राख्ने नीति ल्याउन माग
कर्णाली प्रदेशका अपाङ्गता भएका व्यक्तिले प्रदेश सरकारले एक विद्यालय एक मनोविमर्शकर्ता, एक पालिका एक मनोविमर्शकर्ता राख्ने नीति ल्याउन माग गरेका छन् ।
‘बाँचौँला र घर बन्ला जस्तो लागेको थिएन’
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३, भल्माका ५१ वर्षीय हरिजङ्ग मल्ललाई गत वर्षको भूकम्प आएका बेला जीवन जोगिएला, बाँचौँला, घर बन्ला र परिवारका साथ बस्न पाऊँला भन्ने लागेकै थिएन ।
नलगाडको उपप्रमुखमा माओवादी केन्द्रका देवका लामिछाने विजयी
नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने विजयी हुनुभएको छ । उहाँले ४ हजार २७२ मत ल्याएर उपप्रमुख पदमा विजयी हुनु भएको हो ।
महावु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी
महावु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकाका जङ्गबहादुर शाही विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रारम्भिक मत परिणाम अनुसार एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका झलक भण्डारीले दुई हजार ६७५ मत प्राप्त गर्नुभएको छ ।
दैलेखको दुल्लु १३ मा एमालेका शाही विजयी
दैलेखको दुल्लु नगरपालिका –१३ मा नेकपा (एमाले) का लालबहादुर शाही विजयी हुनुभएको छ । उहाँले कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै विजयी हुनुभएको हो ।
सानीभेरी ५ मा कांग्रेसका मोतीराम खत्री विजयी
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजय हुनुभएको छ । उहाँले ५९० मत ल्याएर वडा अध्यक्षमा विजय हुनु भएको हो ।