हुम्ला समाचारदाता
हुम्ला, फागुन २५ गते । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा हुम्लाका महिलाले देउडा गीतमार्फत आफ्ना दुःखका वेदना व्यक्त गर्नुभएको छ । कार्यक्रममा महिलाले आफ्ना पीडा देउडा गीतमार्फत पीडा र वेदना व्यक्त गरेको सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भाम रोकायाले बताउनुभयो । उहाँले पढ्न लेख्न नपाएकै कारण हरेक क्षेत्रमा पछि पर्नु परेको बताउँदै दुर्गमका महिला देउडा गीतमार्फत पीडा व्यक्त गर्न थालेको बताउनुभयो । दुर्गमका महिला पछि पर्नुका कारणसमेत महिलाले गीतमार्फत व्यक्त गर्नुभएको थियो । त्यसै गरी कर्णालीका घर घरमा छोरा र छोरीबिच विभेद पनि हुने गरेको सन्देश गीतमार्फत सुनाइएको थियो । महिलाले गीतमार्फत पढ्न नपाए पनि यसरी बोल्न पाउँदा आफ्ना पीडा भने कम हुने सन्देश गीतमार्फत दिनुभएको थियो ।