डोल्पा, फागुन ९ गते । डोल्पाको सदरमुकाम दुनैमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा घोडा दौड प्रतियोगिता ।
प्रतियोगितामा ठुली भेरी नगरपालिका–४ तिप्लाका हिरा बुढाको घोडा प्रथम, देवप्रसाद रोकायाको घोडा द्वितीय र त्रिपुरासुन्दरी नगरपालिका–११ मुहूँका इरक बुढाको घोडा तृतीय भएको छ।
प्रथमलाई नगद रु ३५ हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ। जिल्लभरबाट ३६ वटा घोडा प्रतियोगितामा सहभागी भएका थिए । तस्बिरः लेखबहादुर बुढा, रासस