• ९ फागुन २०८१, शुक्रबार

भीरबाट लडेर स्वास्थ्य स्वंसेविकाको मृत्यु

blog

सहदेव बस्नेत
जाजरकोट, फागुन ८ गते ।
जाजरकोटमा भीरबाट लडेर स्वास्थ्य स्वंसेविकाको मृत्यु भएको छ । कुशे गाउँपालीका–१ का ४३ वर्षीया देबिसरा बादीको गाउँ नजिकैको भीरबत्राट लडेर मृत्यु भएको हो ।

नेकपा (एमाले)का जिल्ला कमीटी जाजरकोटका सचिव तथा स्थानीय छिमेकी गोपाल नेपालीले जनाए अनुसार हिजो गोठाला गएको समयमा धाउनी छहरा नजिकैको रातापाखर भीरबाट लडेर स्वंसेविका बादीको ज्यान गएको हो ।  मृतक बादीका दुई छोरा र दुई छोरी र श्रीमान हुनुहुन्छ ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे १ मा  सक्रिय स्वास्थ्य स्वंसेविका देबिसराको आकस्मकि रुपमा भीरबाट लडेर भएको निधनले पालिका परिवार निकै स्तव्ध भएको बताउनुभयो । 

जाजरकोटमा रुख र भीरबाट लडेर वर्षेनी ५० भन्दा बढि नागरिकको अकालमा ज्यान जाने गरेको प्रहरीको भनाइ छ ।