रमेश रावत
अछाम, फागुन १६ गते । अछामको कमलबजार विमानस्थलको आज उद्घाटन हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले आज एक कार्यक्रमका बिच विमानस्थलको उद्घाटन गर्नुहुने भएको छ ।
शुक्रवार मध्यान्न १२ बजे विमानस्थलको उद्घाटन गर्ने तयारी रहेको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।
यसै वर्षको पुस १३ गते परीक्षण उडान सम्पन्न भएपश्चात् नियमित उडानका लागि तयारी गरिएको छ। कमलबजारदेखि नेपालगन्ज र काठमाडौँका लागि तारा एयरसँग सम्झौता भएको नगरप्रमुख ढकालको भनाइ छ ।
उहाँका अनुसार फागुन २५ गतेदेखि कमलबजार नेपालगन्ज नियमित उडान सञ्चालन हुनेछ।