हरिकृष्ण ऐडी
मुगु, फागुन १६ गते । मुगुमा लामो समयपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसान खुसी भएका हुन्।
बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै जिल्लामा विद्येत् सेवा अवरुद्ध भएको छ। लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ७ का किसान विर्षबहादुर रावलले बताउनुभयो । आकाशे पानीको सिँचाइले फलफूल खेती र तरकारीमा राम्रो उत्पादन हुने हुँदा कृषक खुसी भएको स्थानीय रामलाल बिटालुले बताउनुभयो।
उहाँले भन्नुभयो पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आउनेछ। असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको छ।