पहलमान घर्ती
होलेरी (रोल्पा), फागुन २६ गते । केही दिनदेखि घरबाट हराएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रोल्पाको लुङ्ग्री गाउँपालिका –५ बुझिङ जल्केनीका ६४ वर्षीय जिते विक फागुन १९ गतेदेखि बेपत्ता हुनुभएको थियो ।
उहाँलाई सोमबार स्थानीयले लुङग्री गाउँपालिका –५ पुरानो बुझीङस्थित सुनथोक सामुदायिक वनमा मृत फेला पारेको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिनुभयो ।
मृतकको शव सडेको अबस्थामा रहेको तामाङले बताउनुभयो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको प्रहरीले जनाएको छ ।