बासुदेव शर्मा
जाजरकोट, फागुन २६ गते । जाजरकोटमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका ८ ग्राक्लीका जनकबहादुर रोकायका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार राती करिब १२ बजे खाना पकाउने चुलोबाट लागेको आगोले माटो ढुङ्गाले बनेको दुईतले खरकाे छानु भएको घर आगलागी भएको छ । खाना पकाउने चुलोबाट सल्किएको आगोले घर पूर्ण रूपमा क्षति भएको छ । घरमा आगलागी भएपछि स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घर पूर्ण रूपमा जलेर नष्ट भएपछि लत्ताकपडा भाँडाकुँडा, अन्नपात नगदसहित गरगहना जलेर नष्ट भएका छन् । आज बिहान सवा ४ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।