• ११ जेठ २०८२, आइतबार

रुख ढलेर लाग्दा एकको मृत्यु

blog

हरिकृष्ण ऐडी

मुगु, फागुन २९ गते। जिल्लाको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँको थुम्बाडा बस्तीका एक जना स्थानीयको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ। स्थानीय रत्नबहादुर बडुवालले दिएको जानकारीअनुसार ४५ वर्षीया चन्द्रबहादुर बडुवालको रुख ढलेर चोट लाग्दा मृत्यु भएको हो।

बुधबार गाउँबाट तीन घण्टा टाढा रहेको सुगुतिर भन्ने वनमा भेडाबाख्रा चराउन गएको बेला हावाहुरी चल्दा बसिरहेको ठाउँमाथिबाट रुख ढलेको थियो ।