मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने कारबाहीमा
पोखरामा गत साउनयता मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाउने सात सय ५० जना चालक कारबाहीमा परेका छन् ।
सामुदायिक विद्यालयका विद्यार्थी पढ्दै कमाउँदै
गोरखाको पालुङटार नगरपालिका-९ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय मिरकोटका विद्यार्थीहरूले १२ क्विन्टल आलु फलाएर राम्रो आम्दानी गरेका छन् ।
घट्दै चिसो बढ्दै पर्यटक
चक्रीय अन्नपूर्ण पदमार्गमा यति बेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो ।
पर्यटकीय गन्तव्य बन्दै नरसिंहकोट
बाइसेचौबिसे राज्य हुँदा भुरे राजाले राज्य सञ्चालन गरेको निसीखोला गाउँपालिका-७ राजकुटस्थित नरसिंहकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाले पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन् ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलबाट नारायणघाटतर्फ जाँदैगरेको बागमती प्रदेश ०३–००१ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको लु ५० प ४७०९ नम्बरको मोटरसाइकललाई कावासोती नगरपालिका–८ खरकट्टाको जङ्गलमा ठक्कर दिएको हो ।
खोजीको माग गर्दै रुसी सेनामा भर्ना भएकाको परिवार
भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् ।
स्वास्थ्य शिविरमा ३२३ ले लिए सेवा
भीरकोट नगरपालिका, हेलुमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३२३ जनाले सेवा लिएका छन् । लायन्स क्लब अफ भीरकोटको वार्षिक कार्ययोजना भीरकोट नगर अस्पताल हेलुमा स्वास्थ्य शिविर गरिएको हो ।
सुक्खा पहिरोले अवरुद्ध कोरिडोर सञ्चालन
सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । कोरिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्स्ट्रक्सने पहिरो पन्छाएपछि सोमबारदेखि सडक सञ्चालन भएको हो ।
तयार हुँदै रामनदी नमुना पुल
देशकै पहिलो कालिगण्डकी नदी रामनदी (राम्दी) को नमुना पुल निर्माणको कामले तीव्रता पाएको छ । गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने नमुना पुल थाइलैण्डका डिजाइनरले डिजाइन गरेको सीएफएसटी स्टिल ट्युबआर्क ब्रिज हो ।
कृषि योग्य क्षेत्रको माटो उपचारका लागि कृषि चुन
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा माटो उपचार सुरु गरी कृषि चुनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।
डेङ्गु विरुद्धको सचेतना अभियान सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सुरु गरेको छ ।
मौवाफाँट–पिप्लेमा खानेपानीको हाहाकार
रघुगङ्गा गाउँपालिका–२ का बासिन्दा पछिल्लो चार वर्षदेखि खानेपानीको समस्या भोगिरहेका छन् । एक हजार छ घरघुरी रहेको वडा नम्बर २ को मौवाफाँट तथा पिप्ले क्षेत्रमा तीन हजार पाँच सय मतदाता र पाँच हजार जनसङ्ख्या रहेको छ । उक्त जनसङ्ख्याले प्रयोग गर्ने पानीको मुहान सुक्दै जाँदा स्थानीयले खानेपानीको वैकल्पिक स्रोतको खोजी गर्न थालेका छन् । सरकारी स्वामित्वको रघुगङ्गा हाइड्रो निर्माण थालनी हुने भनेपछि उत्साहित स्थानीयवासीसुरुङमार्गको काम थालनीपछि खानेपानीको मुहान सुकेको बताउँछन् ।
पृथ्वीचोकमा पोखराघर घट्टेखोलामा पुल
पोखरा महानगरपालिकाले विविध कार्यक्रमको आयोजना गरी आफ्नो सातौँ स्थापना दिवस मनाएको छ । सो अवसरमा पृथ्वीचोकमा आर्ट ग्यालरी, पुस्तकालय र पर्यटकीय सूचना केन्द्रसहितको पोखराघर शिलान्यास गरिएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले आइतबार बिहान पोखराघर शिलान्यास गर्नुभएको हो । ‘पोखराघर’ फगत एउटा घर नहुने जनाउँदै उहाँले यसले समग्र पोखराको परिचय दिने उल्लेख गर्नुभयो । महानगरले महेन्द्रपुलमा रहेका पुस्तकालय र आर्ट ग्यालरीका भवन भत्काएपछि जनस्तरमा चर्काे विरोध भएको थियो । पोखराघरमा आर्ट ग्यालरी र पुस्तकालय व्यवस्थित रूपमा राख्ने योजना रहेको छ ।
टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि .....
प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गिएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।
एमाले गोरखाको अध्यक्षमा थापा विजयी
नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी हुनुभएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको छ ।
एमालेले थाल्यो गण्डकी सरकार गठनको पहल
नेकपा (एमाले) ले गण्डकी प्रदेशमा सरकार गठनको पहल थालेको छ । केन्द्रमा फागुन २१ गते सत्ता गठबन्धन परिवर्तन भएपछि एमालेले यहाँ सो पहल थालेको हो ।
तनहुँमा दश जनाले लिए आमाको नामबाट नागरिकता
जिल्ला प्रशासन कार्यालय तनहुँबाट दश जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता लिएका हुन् ।
लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतना जगाउँदै जेसिज
तनहुँमा जेसीआई व्यास नगरमा आबद्ध युवाहरू लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना अभियानमा लागेका छन् । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा जेसिजका युवाहरू लागेका हुन् ।
एमाले गोरखामा प्यानलसहित प्रतिस्पर्धा
नेकपा (एमाले) गोरखाको नेतृत्वका लागि उम्मेदवारहरु प्यानलसहित चुनावमा होमिएका छन् । एमाले गोरखाको नेतृत्व चयनको लागि आइतबार २ बजेबाट मतदान सुरु भएको छ ।
९१ हजार बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप
पूर्वी नवलपरासीमा दादुरा–रूबेलाविरुद्धको खोप अभियानअन्तर्गत ९१ हजार बालबालिकालाई खोप प्रदान गरिएको छ ।
किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब
तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकादेखि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित तीर्थस्थलमध्येको एक हो ।
गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो ।
पोखरामा आज आधा दिन बिदा
पोखरा महानगरले आज आधा दिन बिदा दिएको छ । आफ्नो सातौँ स्थापना दिवस मनाउनका लागि बिदा दिएको हो । दिवसको उपलक्ष्यमा आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिइएको छ ।
बन्दुक सहित सात जना पक्राउ
तनहुँको शुक्ल गण्डकी नगरपालिका–११ भुस्नापुरबाट तनहुँ प्रहरीले दुई बन्दुकसहित सात जना पक्राउ परेका छन् ।शङ्कास्पद वस्तुसहित सरिप चन्द समातिएपछि सोधपुछ गरेर पछ्याउँदा दुई नाले बन्दुकसहित पाँच र एकनाले बन्दुकसहित दुई गरी सात जना जना पक्राउ परेका हुन् ।