सांसदसहित ३५ प्रतिवादी, साढे १६ करोड बिगो मागदाबी
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटलाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
चार हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
हिमाली जिल्ला म्याग्दीका चार हजार तीन सयभन्दा धेरै बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ ।
नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : डा. भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताउनुभएको छ ।
क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
दिवा खाजा कोदोको दुनोट
म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । स्वास्थ्य, सरसफाइ, रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि विद्यालयका चमेनागृहमा स्थानीय खाद्यान्नको परिकार तयार पार्न थालिएको हो ।
खारखोलादेखि जोहिडिहीसम्म सडक कालोपत्रे
गोरखाको पालुङटार नगरपालिका-१ सिमानमा पर्ने खारखोला देखि-१० को जोहिडिहीसम्म सडक कालोपत्रे भएको छ ।
ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र
जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र वैदेशिक रोजगारीको नाममा ठगिएकाहरुको साहारा बन्दैआएको छ ।
तेह्र वर्षमा पनि सकिएन दामाचौर पुल
चीनबाट गण्डकी प्रदेश हुँदै भारतसँग सिधा सम्पर्क जोड्ने मोटरेबल कालिगण्डकी पुल दामाचौर हो । दुई देशसँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिगण्डकी मोटरेबल पुल १३ बर्षमा जम्मा ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
पोखरा मुग्लिन सडक कालोपत्रे
पृथ्वी राजमार्गको पोखरा मुग्लिङ विस्तारको अन्तर्गत पश्चिम खण्डमा पर्ने तनहुँको शुक्ल गण्डकी नगरपालिकाको खैरेनीटार बजार क्षेत्रमा कालोपत्रे काम गरिदैं ।
सडक कालोपत्रेको तयारी
म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत दोस्रो खण्डको सिम–पानाबगर सडक आयोजनामा कालोपत्रेको तयारी थालिएको छ । म्याग्दीको लाइफलाइन मानिने मङ्गला गाउँपालिका–२ स्थित सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटा हुँदै पानाबगरसम्मको सडक कालोपत्रेका लागि बेस बिछ्याइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत उक्त दोस्रो खण्ड सडक निर्माणको ठेक्का ओमबुद्ध निर्माण सेवा वसुन्धराले लिएको छ ।
बेहाल जिल्ला अस्पताल, जीर्ण भवन र जनशक्ति अभाव
साढे तीन दशकअघि (२०४६ साल फागुन १९) गते निर्माण सम्पन्न भई सेवा प्रदान गर्दै आएको मनाङको जिल्ला अस्पताल यति बेला बेहाल अवस्थामा पुगेको छ । दुर्गमका जनतालाई प्राथमिक उपचार दिने उद्देश्यले सञ्चालन गरिएको अस्पतालको भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गर्ने सम्झौता भएको थियो । नयाँ भवन निर्माणका लागि १४ करोड रुपियाँ लागतमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले २०७६ सालमा ठेक्का सम्झौता गरेको थियो । अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहे पनि प्रदेश सरकारले चार वर्षको बिचमा तीन पटक म्याद थप ग¥यो । तैपनि निर्माण सम्पन्न हुन सकेको छैन । ठेकेदारले बेलैमा निर्माण सम्पन्न नगर्दा सामान्य रोगका लागि पनि दुर्गमका बिरामीले सास्ती खेप्नु परेको छ ।
खानेपानी समस्या टार्न ‘बोरिङ’ को पानी
खानेपानीको समस्याले आक्रान्त बनेका पर्वतको फलेवास नगरपालिका–३, शङ्करपोखरीका बासिन्दाले ‘बोरिङ’ प्रविधिको पानीबाट तिर्खा मेटाउने भएका छन् । खानेपानीको स्रोत नजिक नहुँदा टाढाबाट ल्याएको पानीले दीर्घकालीन समाधान हुन नसकेपछि ‘लिफ्ट’ प्रविधि र ‘बोरिङ’ प्रविधिमार्फत स्थानीयले तिर्खा मेटाउने भएका हुन् । पानीका लागि जिल्लाकै समस्याग्रस्त मानिएको उक्त क्षेत्रका धेरै परिवार पानीकै सङ्कटका कारण विस्थापित भएका छन् । शङ्करपोखरीका करिब आठ सय घरधुरी खानेपानीको भरपर्दो विकल्प नहुँदा अझै पनि पानीका लागि आकासेपानीको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी कमल भुसालले बताउनुभयो । पानीका लागि दशकौँदेखि सङ्घर्ष गर्दै आएको भए पनि नजिकमा स्रोत नभएको र टाढाबाट ल्याएको पानी
सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज
रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो ।
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् ।
टपरी बुन्न सिक्दै विद्यार्थी
लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा तनहुँले एक विद्यालयले विद्यार्थीले चासो दिन थालेका छन् । चासो राख्नेमा व्यास नगरपालिका–१० बैरेनी, कुमालटारी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिकमा अध्ययनरत विद्यार्थी रहेका छन् । विद्यालयले शिक्षाको साथै परम्परागत सीप सिकाउन थालेपछि विद्यार्थी चासो राख्दै सिक्न थालेका हुन् ।
रामग्राम स्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्राम स्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आगलागी पीडितसँग सांसद भण्डारीको भेट
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँको सदरमुकाम दमौलीको मेनचोक, फलफूल लाइनमा आगलागीले भएको क्षतिको बिहीबार स्थलगत निरीक्षण गर्नुभएको छ।
कालिगण्डकी स्टिम्मरमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने
कालिगण्डकी नदिका चल्ने स्टिम्मरमा गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता यही जेठ १२ र १३ गते हुने भएको छ । प्रदेश खेलकुद परिषद् र कालिगण्डकी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल सङ्घ कास्कीको व्यवस्थापनमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।
सहवासका क्रममा लडेर पाटेबाघको मृत्यु
नवलपुरमा गत चार महिनाको अवधिमा तीनवटा दुर्लभ पाटेबाघ मरेका छन् । बुधबार जिल्लाको विनयीत्रिवेणी गाउँपालिका– २ विनयी खोलाको बगरमा एउटा पाटेबाघ मरेसँगै मृतक बाघको सङ्ख्या तीन पुगेको हो ।
वर्षामा बन्दै छन् काठेपुल
सामान्यतया असार मसान्त अगावै विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने बाध्यतामा हुन्छ। यो बाध्यतालाई मध्यनजर गरेर बजेट सक्ने र काममा आलटाल गरेर सक्ने प्रवृत्ति मनाङको हकमा हट्न सकेको छैन। वर्षायामको मुखमै मनाङका चार ठाउँमा काठेपुल निर्माण गर्नुले यो प्रमाणित गर्दछ।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेश सभा बैठक शुक्रबार, कांग्रेसले बहिष्कार गर्ने
गण्डकी प्रदेश सभाको बैठक शुक्रबारलाई आह्वान भएको छ । वैशाख २३ गते भएको बैठकमा नेपाली कांग्रेसको नाराबाजीबिच मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणापछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब १३ अर्बको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि आर्थिक मामिला मन्त्रालयबाट १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको हो ।
सदरमुकाममा नै छैन पक्की पुल
विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएको छ । जिल्लाको मुटुमा मानिने चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो ।