साँखरमा बन्यो प्रहरी चौकी
चापाकोट नगरपालिका–६ साँखरमा सुविधा सम्पन्न प्रहरी चौकी निर्माण भएको छ ।
पोखरामा पाँचदिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम
विश्वविद्यालय अनुदान आयोगको सहयोग एवम् विन्दुुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ ।
नदीजन्य पदार्थ चोरीनिकासी गर्ने गाडी नियन्त्रणमा
अन्नपूर्ण संरक्षण क्षेत्र(एक्याप)बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी गर्ने क्रम बढेको छ ।
पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाच’ प्रशिक्षण
लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाच’ प्रशिक्षण सुरु भएको छ ।
गलेश्वरका ज्येष्ठ नागरिकलाई भोजन
गणतन्त्र दिवस–२०८१ को अवसरमा पवित्र धार्मिकस्थल बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिक तथा संस्कृत विद्यालयका विद्यार्थीलाई सोमबार बिहानको भोजन गराइएको छ ।
किसानलाई उद्यमशीलतामा जोड्दै स्याङ्जाका पालिका
स्याङ्जाका पालिकाहरूले साना किसानलाई उद्यमशीलतामा जोड्न विभिन्न कार्यक्रम सुरु गरेका छन् । कृषि र पशुपालनको क्षेत्रमा नागरिकलाई आर्थिक रूपमा सबल बनाउँदै उद्यमशील बनाउन जिल्लाका पालिकाहरू योजनाबद्ध रूपमा काम गर्न लागेका हुन् ।
ग्रामीण सडक स्तरोन्नति हुन नसक्दा जोखिमपूर्ण यात्रा
राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण भएकाले यस क्षेत्रमा वर्षेनी दुर्घटनामा वृद्धि हुँदै गएकाे छ ।
मर्दीखोलामा डुबेर पुरुषको मृत्यु
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानमा मर्दीखोलामा डुबेर एक पुरुषको ज्यान गएको छ ।
बुकीमै बसेर यार्सागुम्बाको खोजी
जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाइजासहित उहाँका साथीहरूले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।
राष्ट्रिय राजमार्ग जोड्ने सडक १३ वर्षपछि स्तरोन्नति हुँदै
दक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ ।
मोटरसाइकल दुर्घटनामा शाहको मृत्यु
पुतलीबजार नगरपालिका-१४ आमडाँडाको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति आमडाँडाको भित्री सडकखण्डमा ग २० प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी सडकबाट ३० मिटर तल खस्दा सुनिल कुमार शाहको मृत्यु भएको हो ।
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बिओपी स्थापना
सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।
रासायनिक मलको विकल्पमा जैविक मल
रायायनिक मलको विकल्पमा बायोडायनामिक जैविक मल उद्योग स्थापना गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९, मरेतरास्थित गौ संरक्षण केन्द्रले उक्त उद्योग स्थापना गरेको हो । स्वस्थ कृषि उत्पादनका लागि स्वस्थ प्राङ्गारिक मल हुनुपर्ने भएकाले रासायनिक मलको विकल्पमा उद्योग स्थापना गरिएको गौ संरक्षण केन्द्रका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । रासायनिक मलको अभाव हुने, खरिदमा ठुलो रकम बिदेसिने भएकाले त्यसको विकल्पका रूपमा जैविक मल प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । लम्सालका अनुसार तीन लाख रुपियाँ लागतमा उद्योग स्थापना गरिएको हो ।
भेडाबारीमा सिँचाइ सुविधा पुग्यो
जलजलाको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका -७ मा लुङ्दीखोला भेडाबारी दुलेपानी सिँचाइ योजना सम्पन्न भएको छ । सिँचाइ योजना सम्पन्न भएसँगै भेडावारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् ।
गोरखाको यारुमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको माछी खोला न्याकचेत सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आइतबार करिब ४ बजेको समयमा एक्कासि धार्चे गाउँपालिका – १ यारु बगरमा पहिरो जाँदा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
जनतालाई महसुस गराउने नीति तथा कार्यक्रम बन्दैछ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशका सबै जनतालाई सरकारको महसुस गराउनेखालको नीति तथा कार्यक्रम र बजेट निर्माणको काम भइरहेको बताउनुभएको छ । मादी गाउँपालिका ७ मा निर्मित थाक समाजघरको समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
जिप दुर्घटनामा पाँच भारतीय पर्यटक घाइते
भारतीय पर्यटक सवार जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आइतबार बिहान दुर्घटना हुँदा पर्यटकहरू घाइते भएको प्रहरीले जनाएको छ ।
पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु
जैमिनी नगरपालिका-१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा छ हाँडिकोट टापु । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो ।
बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता
स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ ।
आगलागी पीडितको घरमा सांसद न्यौपाने
राष्ट्रिय सभाको सदस्य तथा प्रमुख सचेतक भगवती न्यौपानेले व्यास नगरपालिका –३ फलफूल लाइन, मेनरोडमा आइतबार राति भएको आगलागी पीडितसँग भेट गर्नुभएको छ ।
एकै ठाउँमा एक सय आठ चौतारी
पछिल्लो समय बरपिपलका रुख हराउँदै गएकाले पर्वतको एक स्थानमा भने १०८ बरपिपल चौतारी निर्माण गरी संरक्षण थालिएको छ । धार्मिक एवं पर्यावरणीय हिसाबले महत्वपूर्ण मानिएका बरपिपल संरक्षणका लागि पर्वतको कुस्मा नगरपालिका–१२, बाटुलेचौरमा संरक्षण थालिएको हो । कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र कालिका गुठीको पहलमा विभिन्न व्यक्तिको सहयोगमा चौतारी निर्माण गरी बरपिपल र शमीका बिरुवा रोपिएको छ । आफ्ना कुलको उद्धारका लागि भन्दै विभिन्न व्यक्तिबाट प्रतिचौतारी १० हजार रकम सङ्कलन गरी चौतारी निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बाटुलेचौर क्षेत्र पुरानो धार्मिक स्थल भएकाले मन्दिरको नजिकमा बरपिपल चौतारी निर्माण गरिएको हो ।
मुक्तिनाथ मन्दिरमा चढाइएको विदेशी मुद्रा कामै नलाग्ने
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरको दानपेटिकामा विदेशी भक्तजनले चढाउने गरेको आफ्नै देशको मुद्रा सटही हुन नसक्दा कुनै काम नलाग्ने कागज जस्तै मात्र हुने गरेको छ । विदेशी मुद्रा गणना गरी मुचुल्का गरेर प्रहरीको जिम्मा लगाइने तर त्यो रकम सटही नहुँदासम्म काम नलाग्ने कागज जस्तै मात्र हुने गरेको छ ।
निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित
गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।