• ३ असार २०८१, सोमबार

नदीजन्य पदार्थ चोरीनिकासी गर्ने गाडी नियन्त्रणमा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १४ गते । अन्नपूर्ण संरक्षण क्षेत्र(एक्याप)बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी गर्ने क्रम बढेको छ । सोमबार कास्की प्रहरीले नदीजन्य पदार्थ अवैध रुपमा चोरी निकासी गर्ने तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एक्याप क्षेत्रबाट नदीजन्य पदार्थ लिएर पोखरा महानगरतर्फ आउँदै गरेका तीन टिप्परलाई प्रहरी चौकी सार्दीखोलाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । सोमबार बिहान साढे ८ बजेतिर पोखरा–१९  तितेपानीबाट ग१क ५०४०, ग १ क ५५१२ र ग१क ५५९८  नम्बरका टिप्पर नियन्त्रणमा लिएको हो ।

ती गाडी रोकी चेकजाँच गर्ने क्रममा टिप्परमा ढुङ्गा, गिट्टी, बालुवा ल्याएको पाइएकाले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि एक्पाप सम्पर्क कार्यालय पोखरामा पठाइएको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । 

एक्याप पोखराका संरक्षण अधिकृत रबिन चौधरीले तीन टिप्पर कार्यालयको नियन्त्रणमा रहेको र नदीजन्य पदार्थको उत्खनन् वा चोरीनिकासी के के भएको हो भन्ने अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।