सदरमुकाम निर्माणका लागि एक अर्ब २१ करोड विनियोजन
सरकारले नवलपरासी बर्दघाट सुस्ता पूर्व र रुकुम पूर्वको जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँ विनियोजन गरेको छ ।
गण्डकी गाउँपालिकाद्वारा कृषि ट्रक हस्तान्तरण
गोरखाको गण्डकी गाउँपालिकाले कृषि ट्रक भैरवी कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले कृषकको सहजताका लागि कृषि ट्रक हस्तान्तरण गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सेना साकारले जानकारी दिनुभयो ।
नवलपुरमा अवरुद्ध सडक एकतर्फी सञ्चालन
पूर्व–पश्चि राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट –९ थुम्सीमा सडक भासिँदा अवरुद्ध राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ ।
जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल गणतन्त्र : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल भएकाले जनताले अनुभूत गर्नेगरी गणतन्त्रको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभएको छ ।
नारायणघाट–बुटवल सडक सञ्चालनमा आउन सकेन
एउटा ट्रकका कारण गए रातिदेखि अवरुद्ध नारायणघाट–बुटवल सडक खण्ड अझ पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । बाटो दुईतर्फी सञ्चालन नहुँदा यात्रुले सास्ती पाएका छन् ।
गण्डकीमा मनाइयो गणतन्त्र दिवस
गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर १७ औँ गणतन्त्र दिवस मनाएको छ। प्रदेश सरकारले मङ्गलबार आयोजना गरेको विशेष समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र जनताको बलिदानपूर्ण सङ्घर्षको प्रतिफल भएको बताउनुभयो।
बेवारिसे अवस्थामा नवजात शिशु फेला
पोखरा महानगरको वडा नम्बर ८, जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । सोमबार दिउँसो पौने १ बजेतिर जाल्पारोडका एक स्थानीयको घरको गेटमा पुरुष शिशु फेला परेको प्रहरीले जनाएको छ ।
सुशासन, विकास र समृद्धिका लागि हातेमालो आवश्यक
नागरिकले महसुस हुनेगरी परिवर्तन ल्याउन सबै पक्ष एक जुट हुन आवश्यक रहेको कुरामा वक्ताहरूले जोड दिएका छन् ।
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठुलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा बनमाराले समस्या हुन थालेको छ ।
स्याङ्जाका पालिकाले घटाउँदै बेरुजु
स्याङ्जाका स्थानीय तहले बेरुजु घटाउँदै लगेको छ । एक वर्षको अन्तरालमा जिल्लाका ११ वटै पालिकाहरू बेरुजु रकम घटाउन सफल भएका हुन् ।
‘गणतन्त्रात्मक राज्य व्यवस्थाले मुलुकमा परिवर्तन हुँदै छ’
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गणतन्त्रात्मक राज्य व्यवस्थाले मुलुकमा परिवर्तन हुँदै गइरहेको बताउनुभएको छ ।
धौवादी डाँडामा पैदलमार्ग
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा निर्माण गरिएको पैदलमार्ग । आन्तरिक पर्यटकलाई आकर्षित गर्न पैदल मार्ग निर्माण गरिएको हो ।
मुस्ताङको ताङ्वे गाउँ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने ताङ्वे गाउँ र पृष्ठभूमिमा सुख्खा पहाड । ताङ्वे उपल्लो मुस्ताङ जाने पदमार्ग र सडकमा समेटिएको छ ।
मुस्ताङको कोरलामा याकचौरी
समुद्री सतहदेखि चार हजार मिटर बढी उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरलामा चरनका लागि लगिएका याकचौरी । याकचौरी, भेडा, च्याङग्रापालन उपल्लो मुस्ताङबासीको प्रमुख आम्दानीको स्रोत हो ।
बाँदर आतङ्कले बढ्दै बाझो जमिन
बाँदर आतङ्कले बालीनाली जोगाउन समस्या भएपछि बाँझै राखिएको पर्वतको कुश्मा नगरपालिका— ११ मा रहेको सिल्मीफाँट । कृषकले थोरै क्षेत्रफलमा मकैलगायतका बाली लगाए पनि अधिकांश जमिन बाँझै छ ।
तीनहजार पाँच सय मिटरमा पदमार्ग
समुद्री सतहदेखि तीनहजार पाँच सय मिटरको उचाइमा रहेको म्याग्दीको मालिका गाउँपालिका(२ रुमको दुरुलेकमा पुग्नका लागि बनाइएको पदमार्गहुँदै यात्रा गर्दै आन्तरिक पर्यटक ।
नवलपुरमा बस दुर्घटना: आठ जना घाइते
रातभरि परेको पानीले पूर्व–पश्चिम राजमार्गसहित नवलपुरका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ । लगातार परेको पानीले पूर्व–पश्चिम राजमार्ग, कालिगण्डकी कोरिडोर तथा भित्री सडकहरू अवरुद्ध भएका र सञ्चालनका लागि पहल भइरहेका नवलपुर प्रहरीले जनाएको छ ।
भुजुङ गाउँ
लमजुङ क्व्होलासोथार गाउँपालिका ४ स्थित एउटै वडा एउटै गाउँ पर्यटकीय भुजुङ गाउँ । परम्परागत मौलिक घर, संस्कार, संस्कृति र घरवासका लागि पर्यटकहरुमाझ भुजुङ प्रख्यात छ ।
हेम्जा बस्ती
पोखरा महानगरपालिका–२५ स्थित हेम्जा बस्ती । विकास गतिविधि बढ्न थालेसँगै पछिल्लो सयम हेम्जामा तीव्र रुपमा बस्ती विस्तार भइरहेको छ ।
बजेट अभावले विद्यालय निर्माण प्रभावित
देशका सातै प्रदेशमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय सुविधासहितका छुट्टै विद्यालय चलाउने शिक्षा मन्त्रालयको योजना बजेट कम हुँदा प्रभावित बनेको छ । गण्डकी प्रदेशका लागि पोखरा महानगरपालिका–३०, खुदीमा बन्दै गरेको विद्यालय भवन निर्माण सुरु भएको तीन वर्षमा एक तला ढलान मात्र भएको छ ।
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण
म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो । सो योजना निर्माणका लागि रु नौ करोड ५६ लाखमा विसं २०७८ पुसमा रौताह–बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो ।
कास्कीका स्थानीय तहका खर्च निराशाजनक
आर्थिक वर्ष २०८०/८१ मा कास्कीका स्थानीय तहको खर्चको अवस्था निराशाजनक देखिएको छ । आवको डेढ महिना मात्र बाँकी रहँदा अधिकांश पालिकाको बजेट आधा मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका अनुसार पोखरा महानगरले तीन अर्ब ८० करोड ७३ लाख ३१ हजार खर्च गरेको छ । त्यसमध्ये चालुतर्फ दुई अर्ब आठ करोड ८६ लाख ३५ हजार र पुँजीगततर्फ एक अर्ब ७१ करोड ८६ लाख ९६ हजार खर्च भएको हो । यो ५३.७९ प्रतिशत हो । यो वर्ष महानगरको चालु बजेट तीन अर्ब २८ करोड ६४ लाख ७३ हजार र पुँजीगततर्फ तीन अर्ब ८९ करोड ६९ लाख ५० हजार छ ।
मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गर्दै उहाँलाई पदमुक्त गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सोमबार बदर हुने फैसला सुनाएको हो ।