• ३ असार २०८१, सोमबार

मर्दीखोलामा डुबेर पुरुषको मृत्यु

blog

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १४ गते ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानमा मर्दीखोलामा डुबेर एक पुरुषको ज्यान गएको छ । आइतबार पौने ५ बजेतिर रिभानको शान्तिघाटमा पौडी खेल्ने क्रममा मादी–५, रिभानको आनन्द ठाँटी बस्ने ४९ वर्षीय शिवबहादुर थापामगर डुब्नुभएको थियो ।

आइतबार साँझ ५ बजेतिर थापामगरको शव प्रहरीले निकालेको थियो । थापामगर खोलाको रहमा डुबेको खबर वडाध्यक्ष नारायण पाण्डेले प्रहरीलाई दिएपछि प्रहरी र स्थानीय उद्धारमा जुटेका थिए ।

अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरी टोली र स्थानीयले थापामगरको शव निकालेको र पोष्टमार्टमा लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।