• ४ असार २०८१, मङ्गलबार

साँखरमा बन्यो प्रहरी चौकी

blog

शाखाँरमा निर्माण भएको प्रहरी चौकी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, जेठ १४ गते । 
चापाकोट नगरपालिका–६ साँखरमा सुविधा सम्पन्न प्रहरी चौकी निर्माण भएको छ ।

प्रहरी चौकी नेपाल सरकारको नियमित बजेटबाट सिद्धबाबा निर्माण सेवाले दुई करोड १५ लाख तीन हजार १५८ रुपियाँको लागतमा निर्माण गरेको हो ।

२०७९ असोज ३१ गते सिद्धबाबाले दुई वर्षमा सक्ने सम्झौता गरेपनि कहीँ ढिला भवन निर्माण भएको हो ।

भवन दुई सोपनी आठ आना एक पैसा क्षेत्रफलमा निर्माण भएको भवन साढे दुई तलाको रहेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतको प्रहरी चौकी साँखरमा भवन, ब्यारेक, महिला/पुरुष थुनुवा कक्ष तथा मेस भवन छुट्टै रहेको छ । भाँडाको भवनमा बस्दै गरेका सकल दर्ताका प्रहरी तथा कर्मचारीलाई सहज भएको छ ।

प्रहरी चौकीको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले उद्घाटन गर्नुभएको हो ।

नागरिकको सहयोग विना शान्तिसुरक्षा दिलाउन प्रहरी एक्लैको प्रयास असम्भव हुने बताउँदै डिआइजी सिंहले सेवा प्रवाहमा नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रहरी पेसा एक अडिनरी पेसा भएको बताउँदै डिआइजी सिंहले नागरिकको सहयोगले प्रहरीले समाजमा खेल्नुपर्ने शान्तिसुरक्षामा सहज हुने बताउनुभयो ।