शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वीरगन्ज (पर्सा), चैत १४ गते । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगन्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारी साधन हस्तान्तरण गर्नु भएको हो । सरकारको आग्रह अनुसार सो सवारी साधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका सहायक प्रजिअ कार्कीले सवारी साधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारी साधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिनुभयो । रासस