• ४ असार २०८१, मङ्गलबार

गोरखाको यारुमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ १४ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको माछी खोला न्याकचेत सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आइतबार करिब ४ बजेको समयमा एक्कासि धार्चे गाउँपालिका – १ यारु बगरमा पहिरो जाँदा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो । 

उहाँका अनुसार त्यस पहिरोमा परि के कति क्षति बारेमा यकिन भई नसकेको बताइएको छ । अहिले त्यस ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासीहरूको सहयोगमा पहिरो हटाउन पहल भइरहेको बताइएको छ । 

केही समय यारुमा ठुलो आवाजमा भीषण पहिरो जाँदा कुहिरो मण्डलले गाउँ नै धुलम्मै भएर गाउँका मानिसहरू नै त्रसित भएको स्थानीय क्यापेटन गुरुङले जानकारी दिनु भयो । यारुमा भीषण पहिरोले उत्तरी गोरखामा यात्रा गर्ने यात्रुहरू अप्ठ्यारोमा पर्ने भएकाले तत्काल हटाउन प्रयास गरिएता पनि झन्डै सय मिटर सडक नै पहिरोले लगेकाले त्यसलाई बनाउन कति दिन लाग्ने यकिन नभएको प्रहरीको भनाई छ । 

उत्तरी गोरखाको यारु जाने बाटो जोखिम मोलेर जानु पर्ने बाध्यता हुँदा हुँदै त्यस माथि एक्कासि भीषण सुख्खा पहिरो जाँदा उत्तरी गोरखामा पुग्न केही दिन असहज हुने यारुका स्थानीयको बुझाई छ । अहिले पनि उत्तरी गोरखामा खच्चडले खाद्यान्न बोक्नु पर्ने बाध्यता रहेको छ ।