• १२ साउन २०८१, शनिबार

किसानलाई मौरीसहितको घार वितरण

blog

बौदिकाली ६ नरमडाडाका किसानलाइ मौरीसहितको घार र कुखुराको खोर वितरण । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, जेठ १२ गते । पूर्वी नवलपरासीका पहाडी भेगका किसानलाई अनुदानमा मौरीसहितको घार र कुखुराको खोर वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरले बौदिकाली ६ नरमडाडाका किसानलाई प्रोत्साहान स्वरुप ९० प्रतिशत अनुदानमा मौरीसहितको घार र कुखुराको खोर वितरण गरिएको हो ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले आर्थिक वर्ष २०८०-०८१ को बजेटबाट ग्रामीण पोषण सुरक्षा कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्रले निवेदन माग गरेको थियो । जसबाट पहाडि भेगका विपन्न २५ घरपरिवारलाई छनोट गरि मौरीसहितको घार वितरण गरिएको बताउनुभयो । यस्तै, १९ घरपरिवारलाई कुखुराको खोर समेत ९० प्रतिशत अनुदानमा वितरण गरिएको उहाँले बताउनुभयो ।

राज्यको सेवा सुविधाबाट टाढा रहेका र दैनिक घरलाई आवश्यक पर्ने खाद्यान्न फलफुल, तरकारी, मह, मासु उपलब्ल गराउन ग्रामीण भेगका विपन्न परिवारका गर्भवती महिला, बालबालिका जसलाइ पोषणको कमी नहोस र जिविकोपार्जनमा पनि सहज होस भन्ने उद्देश्यले मौरीसहितको घार वितरण गरिएको प्रमुख तिवारीले बताउनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरले पाँच लाख र किसान बाट पचास हजार रुपियाँमा मौरीसहितको घार वितरण गरिएको हो ।  

बौदिकाली गाउँपालिका उपप्रमुख दिलकुमारी कसी सारुले बौदिकाली गाउँपालिकाको नरमडाडाको भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त रहेको ठहर गर्दै कृषि ज्ञान केन्द्रले ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । यसले यहाँका किसानलाई मौरीपालन व्यवसायतर्फ आकर्षित गर्न सहयोग पुग्ने बताउनुभयो ।     

परम्परागत रुपमा मुढे घारमा मौरीपालन गरेका किसानलाई आधुनिक घारमा मौरी पाल्न अभिप्रेरित गर्ने, मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाएर महको उत्पादनमा वृद्धि गर्न ग्रामीण पोषण कार्यक्रमले पनि यसमा सहयोग गर्ने वडा अध्यक्ष खुमकुमार सारुले बताउनुभयो ।    

स्थानीय मिलन सारुले जीवन निर्वाह गर्न पनि पोषणयुतm खानेकुरा आवश्यक पर्ने भएकले विकट एवम् पहाडी क्षेत्रका स्थानीयलाई लक्षित गरेर सामाग्री वितरण गर्दा आफूहरुलाई राहत मिलेको बताउनुभयो । व्यवसायीक रूपमा मौरी पालनलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर अनुदानमा सामाग्री वितरण गर्दा स्थानीय खुसी भएका छन् ।