• ३ असार २०८१, सोमबार

फेदिखोलेको लोकगीत बजारमा

blog

अर्जुन काफ्ले
स्याङ्जा, जेठ १२ गते ।
फेदिखोला गाउँपालिका ४ गलेमका प्रसाद लामिछानेको ‘फेदिखोल’ को लोक गित सार्वजनिक भएको छ । उहाँले प्रसाद डिजिटल यूट्यूबमार्फत गीत सार्वजनिक गर्नुभएको हो ।

१६ मिनेट २३ सेकेण्ड लामो रहेको गीतमार्फत धार्मिक, पर्यटकिय स्थलसहित पालिकाका ऐतिहासिक कुरालाई भिडियोको माध्यबबाट चिनाउने प्रयास गरिएको छ ।

उक्त गीतमा देबी घर्ति र मान बहादुर रानाभाटको स्वर रहेको छ भने गीतका रचना र संगित प्रसाद लामिछानेकै रहेको छ ।

गीतमा अभिनय फेदिखोलाका शंकर बाँनिया र अस्मिता रनपालले गर्नुभएको छ भने निर्देशन निशान बानियाँले गर्नुभएको छ ।

गीतको एरेन्ज कृष्ण केसीले गर्नुभएको छ भने रेकडिङ मारुनी डिजिटलमा गरिएको हो ।  विश्वमै चिनाउने उद्देश्यले पालिकामै भिडियो बनाएको उहाँको भनाइ छ ।

यस्तै, हरिनास गाउँपालिका ५ का गायक अभिशेक लम्साल अबिको सुपारी कुटुक्कै लाम मयाँ सुटुक्कै बोलको गीत पनि यूट्यूबमार्फत बजारमा ल्याउनुभएको छ ।

नौ मिनेट ४३ सेकेन्डको गीतमा सुरेश मगरको, अभिशेक लम्साल र कल्पना मल्लको आवाज रहेको छ ।

म्युजिक कल्पना मल्ल, एरेन्ज पुमा संयोगको रहेको छ भने ओजोनमा गीत रेकर्ड गरिएको छ । गीतमा अभिनय प्रदिप प्रजा, नेहारिका थापा, प्रकाश कडेल र खिमा जोशीको रहेको छ ।