• ३ असार २०८१, सोमबार

फेवातालमा शव फेला

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १२ गते । पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । पोखरा महानगरपालिका ६ मा पर्ने तालको कोप्चेघाटमा ५८ वर्षीय नेत्रबहादुर क्षेत्रीको शव फेला परेको हो । 

पर्वतको फलेवास नगरपालिका वडा नम्बर ८ ठानामौला घर भई हाल पोखरा ६ लेकसाइडमा बस्ने क्षेत्रीको शव निकाली पोष्टमार्टमका लागि पश्चिमञ्चल क्षेत्रीय अस्पताल पठाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । 

लेकसाइड क्षेत्रमा ट्याक्सी चलाउने क्षेत्री शुक्रबार बेलुकासम्म लेकसाइडमै देखिएको स्थानीयले बताएको र ट्याक्सी ग्यारेजमा पाइएको प्रवक्ता शर्माले बताउनुभयो । क्षेत्रीका कपडा ताल किनारमा फेला परेको र शरीरमा घाउ, चोट नदेखिएको जनाउँदै शर्माले घटनाबारे अनुसन्धान जारि रहेको उल्लेख गर्नुभयो ।