• ३ असार २०८१, सोमबार

पोखरामा गोरखापत्रको फोटो प्रदर्शनी

blog

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १२ गते ।
गोरखापत्र संस्थानको ६२ औँ वार्षिकोत्सव तथा गणतन्त्र दिवस २०८१ को सन्दर्भमा गण्डकी प्रदेशको राजधानी पोखरामा फोटो प्रदर्शनी गरिएको छ ।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले फोटो प्रदर्शनी सुरुआत गर्नुभएको थियो । नेपाल पत्रकार महासंघको संयोजनमा भएको प्रदर्शनी कास्कीका पत्रकार, बुद्धिजीवी, मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानलगायतले अवलोकन गर्नुभएको छ ।


नेपालको पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको इतिहाससँगसँगै देशका विभिन्न कालखण्ड, घटनाक्रम र नेपाली जनजीवनको प्रतिनिधित्व गर्ने तस्बिरहरु प्रदर्शन गरिएको गोखरापत्र गण्डकी प्रदेश संयोजक रमेश पौडेलले बताउनुभयो । विसं. १९५८ बाट प्रकाशन यात्रा सुरु गरेको गोरखापत्रका अहिले गोरखापत्र संस्थानमातहत गोरखापत्र राष्ट्रिय दैनिक, गोरखापत्र अनलाइन, द राइजिङ नेपाल दैनिक, मुना मासिक, युवामञ्च मासिक र मधुपर्क मासिक निरन्तर प्रकाशन भइरहेका छन् ।

देशकै जेठो पत्रिका गोरखापत्रको फोटो प्रदर्शनी नेपाली पत्रकारिता चिहाउने आँखीझ्याल भएको नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताउनुभयो ।