• ३ असार २०८१, सोमबार

आँधिखोलाको झण्डा सगरमाथामा

blog

आँधिखोला गाउँपालिकाको झण्डा सगरमाथामा फहराउँदै पौडेल ।

अर्जुन काफ्ले

स्याङ्जा, जेठ ११ गते । स्याङ्जाको आँधिखोला गाउँपालिकाको झण्डा विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहरिएको छ । आँधिखोला गाउँपालिका –२ चिलाउनेबासका ३६ वर्षीय सुरज पौडेलले सगरमाथा आरोहणमा सफलता हासिल गरेसँगै जन्मभूमि रहेको पालिकाको झण्डा सगरमाथामा फहराउनु भएको हो । 

अरोहणमा सफलता पाएपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिर आएपछि सो कुराको जानकारी भएको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । गत  चैत २० गते शेर्पा एक्स्ट्रिम प्रालिमार्फत सगरमाथा आरोहणमा जानु भएका पौडेलले जेठ ७ गते बिहान १० बजेर २० मा सफलता प्राप्त गर्नुभएको थियो । 

सशस्त्र प्रहरी बल नेपालमा सेवारत प्रहरी निरीक्षक पौडेलले ससस्त्र प्रहरी बलको समेत झण्डा फहराउनु भएको थियो । सगरमाथा आरोहण गर्ने पौडेल आँधिखोला मात्र नभएर जिल्लाकै पहलिो व्यक्ति हुनुभएको छ । पौडेल सशस्त्र प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो ब्यक्ति पनि हुनु भएको छ । 

२०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदमा उहाँ प्रवेश गर्नुभएको थियो । यसअघि पालिकाका कर्मचारी रोशन लामिछानेले मनाङको तिलिचोमा पाािलकाको झण्डा फहराउनु भएको थियो ।