चार धामलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न जोड
मनकामना देवी र सहोदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनहुँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यकारुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण
चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडिलाई करिब २८ करोडको राहत हस्तान्तरण गरेको छ ।
चिसो बढेपछि बेँसी सारिँदै गोठ
हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् ।
भूकम्पको धक्काले अवरुद्ध सडक अझै खुलेन
जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुन चौपारि १ सडक पाँच दिन खुल्ला यात्रुले सास्ती भोग्नु परेको छ । भूकम्पको धक्काबाट अवरुद्ध सडक गोल्डेन गुड बानियाँ जेभिको लापरबाहीका कारण पाँच दिन देखि खुल्न नसकेको हो ।
होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्
यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको अतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरू पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक प्रहरी खोरमा
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
एकै पटक बाह्र वटा स्वास्थ्य चौकी निर्माण
वालिङ नगरपालिकाले सहज स्वास्थ्य सेवा प्रवाह गर्नका लागि एकै पटक १२ वटा आधुनिक भवन निर्माण गरेको छ । चार वटा प्रतिभवन दुई करोड १४ लाख रुपियाँ, दुई वटा ४७/४७ लाख रुपियाँ र छ वटा भवन २८/२८ रुपियाँ गरी ११ करोड १८ लाख लागतमा सङ्घीय सरकारको अनुदानमा आधुनिक भवन निर्माण सम्पन्न गरिएको हो ।
सरकारको काममा जनताको ऐक्यबद्धता छ: गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले सरकारले चालेका कदममा जनताको ऐक्यबद्धता रहेको बताउनु भएको छ ।
फोटामा झोलुङ्गे पुल
पोखरामा मङ्गलबार पुलको इतिहासदेखि वर्तमानसम्मलाई लिएर फोटो प्रदर्शनी आयोजना गरिएको छ । १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएको उपलक्ष्यमा प्रदर्शनी आयोजना गरिएको हो । पोखराको फेवाताल किनारमा राखिएका पुलका फोटोले नेपालको भौगोलिकता र विकटतालाई समेत प्रतिविम्बित गरेको छ । पूर्वाधार विकास निर्देशनालय र झोलुङ्गे पुल सहयोग एकाइ हेल्भेटास नेपालको सहयोगमा आयोजना गरिएको फोटोलाई स्वदेशी एवं विदेशी पर्यटकले रुचिसाथ अवलोकन गरेका छन् ।