कास्कीमा बस दुर्घटना : आठ घाइते
काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ४ बजे बा५ख २८५ नम्बरको बस लेवाडेमा सडकको दायाँ साईडतर्फ नालामा पल्टिएको हो ।
विद्युत महसुलमा गरिएको वृद्धि रोक्न प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रकोे विद्युत महसुलमा गरिएको वृद्धिलाई रोक्न सकारात्मक हुनुभएको छ ।
तेह्र वर्षमा पनि पूरा भएन दामाचौर पुल
चीनबाट गण्डकी प्रदेश हुँदै भारतसँग सिधा सम्पर्क जोड्ने सडकको दामाचौरस्थित कालीगण्डकी पुलको निर्माण कार्य १३ वर्षमा ७० प्रतिशत मात्र काम भएको छ । निर्माणाधीन मोटरेबल पुल चापाकोट नगरपालिका–८, दामाचौर स्याङ्जा, रामपुर–६, लुम्बिनी प्रदेश हुँदै भारतीय सीमा सुस्ता जोड्ने सडकको ट्रस पुल हो । २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेभी कपन काठमाडौँले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको थियो । भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्ने सम्झौता थियो । इलाइटले ६०/६० मिटरका तीन स्पाममा १८१.६९ मिटर लम्बाइ रहेको पुलमा बिचमा दुईसहित चार पिल्लर राख्ने गरी काम थालेको थियो ।
लागूऔषधसहित एक युवक पक्राउ
तनहुँमा प्रहरीले दुई किलो गाजाँसहित एक युवकलाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ड्युटीमा खटिएको प्रहरी टोलीले युवालाई पक्राउ गरेको हो ।
बारपाक सुलीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषण
गोरखाको ११ पालिकामध्ये केहि पालिकाहरुले पूर्ण खोप सुनिश्चित एवम् दिगोपना गाउँपालिका घोषण गरी सकेका छन् ।
सगरमाथा आरोही पौडेललाई नागरिक अभिनन्दन
विश्वकै सर्वोच्च शिखर सगरमाथामा पालिकाको झण्डा र अन्धान्धी तथा श्रवणकुमारको तस्बिर फहराउने सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई आँधिखोला गाउँपालिकामा नागरिक अभिनन्दन गरिएको छ ।
बरन्जामा धुमधाम धुलेमेला
मङ्गला गाउँपालिकाको बरम्जा क्षेत्रमा मनाइने धुलेमेलाको औपचारिक मुख्य विधि मङ्गलबारदेखि सुरु भएको छ । जेठ ८ गते आफ्नो पौराणिक विधि पूरा गरी जाँड राखेपछि धुलेमेला थालनी हुन्छ । धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाका अनुसार धुलेको मुख्य विधि तीन दिनसम्म हुने गर्दछ । मङ्गलबार अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृलाई चढाएपछि बरन्जाको धुलेमेला मान्ने समुदाय बसोबास भएको क्षेत्रमा खेतीपातीका काम बन्द गर्ने (बार्ने) गरिन्छ । मङ्गलबार पितृ चढाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य विधि गरेर होरे गरेपछि यस वर्षको धुले
गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिषद्
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त हुनुभएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई शपथ गराउनुभएको हो ।
प्रदेश स्तरीय महिला कबडीको प्रतियोगिताको उपाधि कास्कीलाई
गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति गोरखा र जिल्ला कबडी सङ्घको समन्वयमा गणतन्त्र दिवसको अवसर पारेर पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात पालुङटारको लिगलिग कोटमा भएको कबडी खेलमा कास्कीले उपाधि हात पारेको छ । आज भएको खेलमा कास्कीले बागलुङलाई हराउँदै कास्की विजेता बनेको हो ।
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ । ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो ।
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
बढेको विद्युत महसुल तत्काल फिर्ता लिन माग
बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रकोे विद्युत महसुलमा वृद्धि भएसँगै स्याङ्जा तथा पाल्पामा विरोध तीब्र भएको छ ।
हेलमेट डाँडा
पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबिचमा अवस्थित हेलमेटडाँडा । हेलमेट आकारको उक्त डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न स्थानीयले पहल थालेका छन् ।
गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छोडे
कास्की जिल्लाको मादी गाउँपालिका-१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।
कैदी बन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस २०८१ को अवसरमा जिल्ला कारागार स्याङ्जाका कैदी बन्दीले रक्तदान गरेका छन् । दिवसको अन्तिम दिन बुधबार कारागारमा २० जना पुरुषले रक्तदान गर्नु भएको हो ।
सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ ।
किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण
कृषि ज्ञान केन्द्र गोरखाले कृषकहरूलाई कृषि औजार वितरण गरेको छ । गोरखा नगरपालिका–१० स्थित छेपेटारका स्थानीय किसानहरूलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको हो ।
सात सय वर्ष पुरानो बरंजाको धुले मेला सुरु
निकै पुरानो संस्कार दाबी गरिएको मङ्गला गाउँपालिकाको बरंजा क्षेत्रमा मनाइने धुले मेलाको औपचारिक मुख्य विधि मंगलबारदेखि सुरु भएको छ ।
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ ।
पहिरोले भारतीय गाडीमा क्षति
बेनी जोमसोम सडक अन्तर्गतको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठेभीरमा खसेको पहिरोले मुस्ताङ बेनी तर्फ फर्कँदै गरेको भारतीय तीर्थयात्री बोकेर आउँदै गरेको गाडीमा क्षति पुगेको छ ।
शिविरमा साढे चारसयको निःशुल्क उपचार
गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका –४ सिङ्गा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चारसय जना सर्वसाधारणले सुविधा लिएका छन् ।
अङ्कगणितको अप्ठ्यारोमा गण्डकी
गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे बुधबार साँझसम्म मुख्यमन्त्री बनिसक्नुहुने छ । सर्वोच्च अदालतले सोमबार पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । मङ्गलबार सार्वजनिक बिदा भएकाले अदालतको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्याल पत्र आएपछि प्रदेश प्रमुखको निर्देशन अनुसार शपथको तयारी हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पत्र बुधबार आउला । प्रदेश प्रमुखको निर्देशन आएपछि केही समयमै शपथको तयारी गरिहाल्छौँ ।”
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।
स्वास्थ्य शिविरमा चार सय बिरामीको उपचार
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।