• १४ साउन २०८१, सोमबार

पोखरामा स्कुल बस दुर्घटनामा २९ जना घाइते, एक कर्मचारीको निधन

blog

फडिन्द्र अधिकारी

लेखनाथ, साउन १४ गते । पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुस्रेखाेलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो ।

ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए । घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ । 

 केही विद्यार्थीको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।  बसका कर्मचारी ३२ वर्षीय आरती विकको घटनास्थलमै मृत्यु भएको छ । बसमा २७ जना विद्यार्थी, चालक, सहचालक र एक अभिभावक गरी ३० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभएको छ ।