चिस्यान केन्द्र निर्माण अलपत्र
पर्वतको मोदी गाउँपालिकास्थित पातीचौरमा निर्माणाधीन चिस्यान केन्द्र ६ वर्षदेखि अलपत्र छाडिएको छ ।
कुलतबाट निस्केर सचेतनामा सक्रिय
युवा लागुऔषधको कुलतमा फस्ने समस्या बढ्दो छ । तर यहाँ भने त्यस्तो कुलतबाट उम्केर सचेतनामा सक्रिय भएका छन् । यहाँका युवाले जीवनवाटिका नेपाल स्थापना गरेर युवकयुवती, विद्यार्थी र अन्य समुदायमा समेत लागुऔषध र एचआइभी एड्ससम्बन्धी जनचेतना जगाएका हुन् ।
लागुऔषधसहित युवा पक्राउ
अर्जुनचौपारी गाउँपालिका–१ रैतमा लागूऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २८ वर्षीय दिलबहादुर क्षेत्रीले घरमा लुकाइछिपाई राखेको अवैध लागूऔषधलाई गोप्य सूचनाको आधारमा पहरीले पक्राउ गरेको हो ।
केपी ओली कप प्रतियोगिता हुँदै, १२ टिम भिड्ने
पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।
लोमान्थाङको विकासमा पाँच करोडको योजना
माथिल्लो मुस्ताङको ऐतिहासिक बस्ती लोमान्थाङको विकासका लागि पाँच करोड बराबरको योजना सञ्चालन हुनेभएको छ ।
कौरा नाचको संरक्षणमा जुटे युवा
लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रूपमा मगर समुदायको सबैभन्दा महत्त्वपूर्ण कौरा नाच लोप हुँदै गएको छ । यसको जगेर्ना गर्न भन्दै अहिले मगर समुदायका युवाहरू कम्मर कसेर लागेका छन् ।
पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री दौड हुने
नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदूतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मङ्सिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुनेभएको छ । पर्यटन बोर्डमा मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला
पर्यटन प्रवर्द्धन गर्न बाह्रमुले मेला हुने भएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ चित्रेमा अग्रजको सम्मान, कला संस्कृति जोगाउँदै 'पर्यटन प्रवर्द्धन गर्ने हाम्रो अभियान' भन्ने मूल नाराका साथ यही मङ्सिर ६ गतेबाट मेलाको आयोजना गरिएको बाह्रमुले युवा क्लबका अध्यक्ष रिजन विश्वकर्माले जानकारी दिनुभयो।
नारायणी नदीमा दुई हजार माछाका भुरा छोडियो
नारायणी नदीमा दुई हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले नारायणीमा रहु फिंगर प्रजातिका दुई हजा माछाका भुरा छोडेको हो ।