आहा सुन्दर गुर्जा हिमाल !
म्याग्दीको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल मालिका धुरीबाट देखिएको गुर्जा हिमालको रमणीय दृश्य । आकाश खुलेसँगै हिमाल हेर्न आन्तरिक पर्यटकहरु मालिका धुरी पुग्न थालेका छन् ।
नवलपुरका पीडितले सङ्गठित भएर मिटरब्याजीको घर घेराउ गर्ने
नवलपुरका मिटरब्याजी पीडितहरू सङ्गठित भएर आन्दोलित भएका छन् । कावासोतीमा मिटर ब्याज पीडितहरूले जिल्ला भेला गरी मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति गठन गरेका छन् । भेलाले गोमा घिमिरेको अध्यक्षतामा ११ सदस्सीय सङ्घर्ष समिति गठन गरेको छ ।
अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित
पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।
डुम्रे–दमौली सडक कालोपत्रे
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत डुम्रे–दमौली खण्डमा कालोपत्रे सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डमा ‘अस्फाल्ट प्रविधि’ मा कालोपत्रे गरिएको हो । डुम्रे–दमौली क्षेत्र अन्तर्गत बन्दीपुर गाउँपालिका–१, रिमाल्नीमा काम धमाधम भइरहेको छ । यसअघि आँबुखैरेनी गाउँपालिका–१, बरादीमा डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको आयोजनाले जनाइएको छ ।
सेनाले गर्यो फायर फाइटिङ नमुना अभ्यास
एकातिर धुवाँको मुस्लोसँगै आगो दनदनी बलिरहेको थियो भने अर्कातिर मानिस हारगुहार गरिरहेका थिए । पोखरा महानगरपालिका–२६, विजयपुरका घरबस्तीमा लागेको आगो निभाउने स्थानीयको प्रयास सार्थक हुन सकेको थिएन । दिनको समय जताततै मानिस थिए । कहाँ के भयो भन्ने खुल्दुली भएको थियो ।
एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ
पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको हो ।
जिप सफारी सेवाले पर्यटकको सङ्ख्यामा वृद्धि
आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने मुख्य सिजन भनेको चाडपर्वको समय हो । यस्तो बेला पर्यटकीयस्थलको प्रचार प्रसार र व्यवस्थापन पनि महत्त्वपूर्ण हुन्छ ।
पोखराको लेक साइड बन्द नगर्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो ।
सञ्चालन हुन सकेन अस्पतालको आइसियु सेवा
जटिल प्रकृतिका बिरामीको उपचार गर्न आवश्यक पर्ने भ्यान्टीलेटरसहितको आइसियु सेवा झण्डै तीन वर्षदेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।