पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ ।
बढ्दै क्षयरोग सङक्रमित
नवलपुरमा बर्सेनि क्षयरोगबाट सङ्क्रमित हुने दरमा वृद्धि भएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिहंले नवलपुरमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएकोमा अहिले पाँच सयभन्दा बढी पुगिसकेको बताउनुभयो ।
बाँझो जमिन बन्यो हराभरा
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ मा लुङ्दीखोला भेडावारी–दुलेपानी सिँचाइ योजना सम्पन्न भएको छ । सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसान खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिन अहिले हराभरा भएको छ । पाँच वर्षअघि मिलनचोक–सल्यान, घायखेत–धारापानी–ठोटनेरी सडक विस्तारका क्रममा पहिरोले सिँचाइ कुलोमा क्षति पु¥याएपछि यस क्षेत्रका किसानले आकासेपानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा कमी आएको थियो ।
चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो ।
सङ्कटमा ‘पानी रङ’ को मौलिकता
खरले छाएका गाउँले घर, आँगनमा परालको टौवा, झ्यालबाट होस् कि ढोकाबाट उत्तरतिर चिहाउनेबित्तिकै देखिने सफा हिमाल । ३० को दशकबाट पोखरा उपत्यकाको यस्तो भौगोलिक अवस्थिति देश, विदेशमा पुग्यो । त्यस्तो सौन्दर्य फिजाउने माध्यम बनेको थियो पानी रङ । पछि पोखरा नै पानी रङको सहरका रूपमा चिनियो । पोखराको सौन्दर्य र जनजीवनलाई पानी रङले क्यानभासमा उतार्ने सुरुवात कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले गर्नुभएको थियो ।
गणेशमान फाउन्डेसनद्वारा पाँच जना प्रजातान्त्रिक योद्धा सम्मानित
गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशले गणतन्त्र दिवसको सन्दर्भमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याउनुभएका व्यक्तित्वलाई सम्मान गरेको छ।
पर्यटन प्रवर्द्धन गर्न अन्नपूर्ण दिवस
अन्नपूर्ण प्रथम हिमालमा मौरिस हर्जाेगले पाइला राखेको ७४ वर्ष पुगेकै दिन नौ देशका राजदूत कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोटो पदयात्रामा जाँदै हुनुहुन्छ ।
गरिव तथा असाह्यको घर बनाउने अभियानमा अर्जुनचौपारी
अर्जुनचौपारी गाउँपालिकाले गरिव, असाह्य परिवारको घर निर्माण गर्ने अभियानलाई तिव्र बनाएको छ ।
पाल्हीनन्दनका भूमिहीन दलित सडकमै बस्न बाध्य
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुकुम्वासी आयोगले भूमिहीन दलितलाई जग्गा नदिएपछि सडकमा बस्न बाध्य छन् ।
‘चरिमाई’ कृतिमाथि विमर्श
लेखक अञ्जना पौडेलको उपन्यास ‘चरिमाई’ माथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा वालिङ –६ मिर्दीमा ‘चरिमाईको विमर्श गरिएको हो ।
स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
‘चलचित्र मनोरञ्जन मात्र होइन, अभियान पनि हो’
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले चलचित्र मनोरञ्जन मात्र नभएर एउटा अभियान रहेको बताउनुभएको छ ।
अहिले नै नयाँ पार्टी खोलिहाल्ने पक्षमा छैन : नेता रावल
नेकपा (एमाले) का नेता डा. भीम रावलले तत्काल नयाँ पार्टी खोलिहाल्ने पक्षमा आफू नरहेको बताउनुभएको छ । नवलपुर सदरमुकाम कावासोतीमा गोरखापत्रसँग कुरा गर्दै नेता रावलले यसबारेमा विभिन्न पार्टीका नेताहरूसँग निरन्तर छलफल गरिरहेको र सुझाव मागिरहेको बताउनुभयो ।
वडाध्यक्षको फेसबुक ह्याक गरी अनलाइनबाट ठगी गर्ने पक्राउ
तनहुँको एक जना वडाध्यक्षको फेसबुक ह्याक गरी अनलाइनको माध्यमबाट पटक–पटक ठगी गर्ने प्रहरी फन्दामा परेका छन् ।
चार दिनदेखि बेपत्ता युवाको खोजी कार्य जारी
चार दिनदेखि सम्पर्कविहीन भएका एक युवाको ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ । ललितपुर नखिपोटका ३१ वर्षीय प्रकाश गोर्खाली मनाङको तिलिचो ताल जाने क्रममा यही जेठ १६ गतेदेखि सम्पर्कविहीन भएका थिए ।
खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक : सांसद गर्बुजा
प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकासका लागि व्यवस्थित पूर्वाधार संरचना आवश्यक रहेको बताउनुभएको छ ।
आधुनिकीकरण गर्न किसानलाई हाते ट्याक्टर वितरण
म्याग्दीको रघुगंगा गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न किसानलाई कृषि उपकरण वितरण गरेको छ ।
वर्षामा बन्दै छन् काठेपुल
सामान्यतया असार मसान्तअगावै विकास निर्माणका काम सम्पन्न गर्नुपर्ने हुन्छ । यसै बाध्यतालाई ध्यान राख्दै बजेट सक्न काममा आलटाल गर्ने प्रवृत्ति मनाङमा कायमै छ । वर्षाको मुखमै मनाङका चार ठाउँमा काठेपुल निर्माण गर्नुले पनि यो प्रमाणित गर्दछ । पर्यटकीय स्थलका रूपमा रहेको मनाङका विभिन्न स्थानमा पक्की सडक तथा पक्की पुलको अभाव भइरहेकै बेला फेरि चार वटा काठेपुलले निरन्तरता पाइरहेको छ । चामे गाउँपालिका–१, तिमाङस्थित तिमाङखोलामा, चामे गाउँपालिका–२ स्थित स्यार्कुखोलामा र चामे गाउँपालिका–४ स्थित दुई वटा घट्टेखोलामा काठेपुल निर्माण भइरहेका छन् ।
गोरखा जिल्ला लिग फुटबल प्रतियोगिता छेपेटारमा आजबाट हुने
गोरखा जिल्ला फुटबल सघको आयोजना तथा सूर्योदय युवा क्लब छेपेटारको सहआयोजनमा शनिबारबाट जिल्ला लिग फुटबल प्रतियोगित हुने भएको छ ।
म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु
हिमाली जिल्ला म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ ।
यार्चागुम्बा खोज्ने क्रममा भीरबाट लडेर एक घाइते
मनाङमा यार्चागुम्बा टिप्ने क्रममा भीरबाट लडेर एक युवक घाइते भएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–६, तर्केनी लेकमा यार्चागुम्बा खोज्ने क्रममा अचानक लडेपछि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२, पोखरीका शेरबहादुर गुरुङ घाइते हुनुभएको हो ।
पृथ्वी राजमार्ग पोखरा क्षेत्रमा कालोपत्रे सुरु
पोखरा महानगरमा पर्ने पृथ्वी राजमार्गको चाउथे चोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्मको डेढ किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ । पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत निर्माण कम्पनीले बिहीबार कालोपत्रे सुरु गरी शुक्रबार काम सकेको हो । १७४ किलोमिटरको पृथ्वी राजमार्गको करिब २० किलोमिटर कास्की क्षेत्रमा पर्छ । शुक्रबारसम्म राजमार्गको पश्चिम खण्डमा एकतर्फी १८ किलोमिटर कालोपत्रे भएको छ । सडक विभागले आफूहरूलाई दिएको लक्ष्य पूरा भएको र अब वर्षापछि मात्रै कालोपत्रे गरिने अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिनुभयो ।
बलात्कार आरोपमा एक पक्राउ
गोरखामा नाबालिका बलात्कार गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ बस्ने ४५ वर्षीय भगीरथ भन्ने कृष्ण प्रसाद सोडारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारीको रकम हिनामिनामा मुछिएका सांसदसहित ३५ जनाविरुद्ध मुद्दा
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटालाका आरोपविरुद्ध अदालतमा मुद्दा दायर हुने भएको छ।