सन्तोष सुवेदी
कास्की, साउन १६ गते । पोखरा महानगरपालिका –६ लेकसाइड नारेश्वर चोकमा रहेको सपिङ सेन्टरमा आगलागी भएको छ । गएराति सवा २ बजे मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो ।
आगलागीबाट सपिङ सेन्टर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताउनुभयो । सपिङ सेन्टरमा मदिरा, ग्रोसरी, कस्मेटिकलगायतका सामग्री थिए । आगलागीले सपिङ सेन्टरको डेढ करोड रुपियाँ बराबरको क्षति भएको एसपी थापाले जानकारी दिनुभयो । आगलागी केही समयपछि नियन्त्रणमा आएको थियो ।