राधाकृष्ण डुम्रे
वालिङ, साउन १६ गते । गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको वालिङ पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । गल्याङ नगरपालिका–१ मालुङ्गामा सडक माथिबाट आएको लेदोसहितको माटाले विहान ७ बजेबाट राजमार्ग अवरुद्ध भएको थियो ।
ढुङ्गा सहितको लेदो माटोमा मालवाहक ट्रक फँसेपछि लामो तथा छोटो दुरीका सवारी साधन बाटैमा रोकिएका थिए । सडममा जम्मा भएको माटो सफा गरेपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकरी दिनुभयो ।
राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन केही समय लाग्ने उहाँको भनाइ छ ।