चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक
समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ ।
एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री
जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिनुभयो । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् ।
भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु
तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढङ्गले बसोबास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका–१ बाट जग्गा नापजाँच सुरु गरेको हो ।
कुवेतबाट हिराकुमारीको उद्धार
रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ ।
खेलाडी निस्सीमको परिवारको माग : निष्पक्ष छानबिन गर्दै क्षतिपूर्ति देऊ
नवौँ राष्ट्रिय खेलकुदमा भएको प्रतिस्पर्धाका क्रममा निधन भएका प्याराग्लाइडिङ खेलाडी निस्सीम थापाको परिवारले घटनाको निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेको छ ।
साढे चार वर्षमा आधा काम पनि सम्पन्न भएन
साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको छैन ।
म टुहुरो भएँ : १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी बिदेसिएर...
“म टुहुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर ”, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो ।
एमालेको सङ्कल्प यात्रा बागलुङ पुग्यो
नेकपा (एमाले) को जारी मध्यपहाडी लोकमार्गको सङ्कल्प यात्रा आज बुधवार गण्डकी प्रदेशमा प्रवेश गरेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सातौँ दिनमा बागलुङ प्रवेश गरेको हो ।
बेनीको वीरेन्द्रचोक नमुना चोकको रूपमा विकास गरिँदै
म्याग्दीको सदरमुकाम बेनी बजारको वीरेन्द्रचोकलाई नमुना चोक बनाइएको छ । सडक छेउका पर्खालमा फूलका गमला, चौतारी मर्मत, वाल तथा पेटीहरूमा रङ्गरोगन र दैनिक रूपमा सडक सरसफाइ गरेर नमुना चोक बनाइएको हो ।