• १९ साउन २०८१, शनिबार

आर्मीका जवानद्वारा गोली हानी आत्महत्या

blog

बोमलाल गिरी

नवलपुर, साउन १९ गते। नवलपुरमा एक  आर्मीका जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। 

नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदिप मिजारले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो। 

धादिङको गल्छी गाउँपालका ४ का मिजार हाल कावासोती नगरपालिका वडा नं. ७ बाँदरझुलामा रहेको श्री गोरख गण कसरामा कार्यरत हुनुहुन्थ्यो। मिजारले ५.५ एमएम मिनी गन मार्फत आफ्नो घाँटीमा गोली हान्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलको भनाइ छ। 

मिजारको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लैजादै गरेको र भोलि उहाँका परिवार आएपछि पोष्ट मार्टम गरिने प्रहरीले जनाएको छ।