• १३ साउन २०८१, आइतबार

पहिरोमा पुरिएका दुईको हेलिकोप्टरबाट उद्धार

blog

फाइल तस्बिर ।

गुणबहादुर रोका

सुलीकोट, साउन १३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा गएको परिरोमा परी गम्भिर घाइते भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरिएकाे छ। आइतबार बिहान ३ बजे गएको पहिरोमा परी एकै घरका ३ जना सहित थप १ जनाको खोजी कार्य भइरहेको छ भने २ जना घाइतेलाई स्थानीयले उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार आइतबार बिहान १०:३० बजे कैलाश एयरको हेलिकप्टरमार्फत धार्चे गाउँपालिका–५ का कृषि फर्मका कामदार ३५ वर्षीय दिलिप गुरुङ र सोहि ठाउँका २७ वर्षीय खमबहादुर गुरुङलाई उपचारको लागि काठमाडौं पठाइएको उहाँले बताउनुभयो ।

पहिरो गएको ठाउँमा नेपाली सेना, नेपाली प्रहरी र स्थानीयहरु पुगेर घटनास्थलमा खोजी कार्य भइरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।  

पहिरोले एक घरका ३ जना सहित ४ जनालाई बेपत्ता बनाएको छ । बेपत्ता हुनेहरुमा धार्चे गाउँपालिका–५ रेसेगाउँमा बस्ने ३७ वर्षीय जीतबहादुर गुरुङ, जीतबहादुर गुरुङकी श्रीमती ३५ वर्षीय कान्छी गुरुङ, जीतबहादुर गुरुङका बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ र सोही ठाउँ बस्ने कामदार ३३ वर्षीय रमेश गुरुङ, वतन नखुलेका सोही फार्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ वर्षीय रमेश परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।