• १२ साउन २०८१, शनिबार

आँधीखोलामा बेपत्ता विद्यार्थी मृत भेटिए

blog

स्याङ्जाको आँधीखोलामा खोजी कार्य गर्दै स्थानीय ।

राधाकृष्ण डुम्रे

वालिङ, साउन १२ गते । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । 

वालिङ बहुमुखी क्याम्पसमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत हरिनासका शिव पोख्रेल वालिङ नगरपालिका –१३ र गल्याङ नगरपालिका –८ को सिमाना आँधीखोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  

हरिनास गाउँपालिका–५ वसन्त डाँडाका पोख्रेल वालिङ ८ विपिचोकमा डेरागरी बस्दै आउनुभएको थियो । पोख्रेल शुक्रवार वालिङ नगरपालिका –११ अमलेस्थित आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता हुनु भएको थियो ।