• ८ साउन २०८१, मङ्गलबार

भीमसेन थापा गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन ८ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन ९ गते नेपालका प्रमुख मुख्तियार जनरल भीमसेन थापाको जन्म दिन परेकाले सार्वजनिक बिदा दिन लागिएको भीमसेन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै भीमसेन थापाको २५० औँ जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

भीमसेन थापा गाउँकार्यपालिकाको मिति २०८१ असार २७ गतेको निर्णय अनुसार भीमसेन थापाको २५० औँ जन्म जयन्तीमा भीमसेन थापा गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय र सम्पूर्ण सङ्घ संस्थाहरूमा बिदा दिने निर्णय भएको गाउँपालिकाले निकालिएको सूचनामा उल्लेख गरिएको छ । 

भोलि बिहान ८ बजे भीमसेन थापा गाउँपालिका–८ को चण्डीथोकमा अवस्थित भीमसेन थापाको शालिकमा माल्यार्पण एवम् श्रद्धाञ्जली लगायतका विविध कार्यक्रम गाउँपालिकाको कार्यालय परिसरमा हुने भएकाले सहिद स्तम्भ, बेपत्ता स्तम्भ, भीमसेन थापा स्तम्भ अनावरण राखिएकाले सबैलाई कार्यक्रममा सहभागी हुन गाउँपालिकाका सूचना जारी गरेको छ ।