• ८ साउन २०८१, मङ्गलबार

पहिरोपीडित परिवारलाई राहत वितरण

blog

अर्जुन काफ्ले

स्याङ्जा, साउन ८ गते । पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । पोखरा–१९ पुरुन्चौर, तल्लाकोट टारीमा गत संसार २७ गते पहिरोमा परेका परिवारलाई राहत दिइएको हो । 

अर्जुनचौपारी गाउँपालिका-१ का अस्मित परियार र प्रभा परियारको पहिरोमा परेर मृत्यु भएको थियो । 

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफैँ पुगेर परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको हो । मृतकको घरमै पुगेर प्रदेश सरकारले दिने सहयोग जनही ५०-५० हजार गरी एक लाख रुपियाँ प्रमुख जिल्ला अधिकारी नेपालले हस्तान्तरण गर्नुभएको छ । 

राहत रकम हस्तान्तरण प्रजिअ नेपालले पहिरोमा ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारले उपलब्ध गराउने दुई लाख र एकाघरको भएकाले थप एक लाख गरी तीन लाख रुपियाँ प्रक्रियागत रूपमा मृतकका परिवारको खातामा जम्मा हुने बताउनुभयो । 

मनसुनसँगै स्याङ्जामा नौ र कास्कीमा दुई जना गरी जिल्लाका ११ जनाको मृत्यु भएको थियो र सबैलाई राहत हस्तान्तरण गरिएको हो । यस्तै, बाढीपहिरा प्रभावित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा र  लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट स्याङ्जाले पनि नगदसहित जिन्सी लगायतका सामानहरू राहत स्वरूप वितरण गरी रहेको छ ।