• ८ साउन २०८१, मङ्गलबार

पहिरोले क्षति गरेपछि अस्पतालको सेवा प्रभावित

blog

पहिरोले अस्पतालमा पुर्‍याएको क्षति । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन ८ गते । पहिरो खसेर क्षति पुर्‍याएपछि तनहुँको एक अस्पतालको सेवा प्रभावित भएको छ । भानु नगरपालिका–५ पुरनडिही, सेपाबगैंचा स्थित पुरनडिही अस्पतालको सेवा प्रभावित भएको हो । सेवा प्रभावित भएपछि स्थानीय बिरामीलाई टाढा धाउनु पर्ने बाध्यता भएको छ ।

अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा, एम्बुलेन्समा पहिरोले नोक्सान पुर्‍याएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार एक करोडभन्दा बढीको हानि पुगेको छ । हाल आधारभूत सेवा प्रवाह भइरहेको छ । प्रयोगशाला सेवा र प्रसूति सेवा भने पूर्णरूपमा बन्द भएको छ । सेवा प्रभावित भएकोले भानु नगरपालिकाका जनप्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेट गरेर बजेट निकासा  गर्नको लागि आग्रह गरिएको छ ।